साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश अर्थात् कम्पनी

Nepal Telecom ad

म देशलाई height=
देश भन्न लालायित छु
तर, देश किन {{read_more}}
म्यान पावर कम्पनीजस्तो भएको छ ?

उभिनु–
मानेर आफ्नो जन्मसिद्ध अधिकार 
उभिन्छु देशको खुला आकाशमुनि
तर लाग्छ,
म्यान पावर कम्पनीको आँगनमा उभिएर
बसिरहेछु बिक्रीको लाइनमा

हरेक नागरिकको लुगा खोल्छ देश
र दाँत गाडेर
जबर्जस्ती लगाइदिन्छ ढाडमा 
राहदानीको छाप

पावर गुमाएर म्याउ मात्र बाँकी रहेका 
कहिल्यै म्यान हुन नसकेका यी मानिसहरू 
मानौँ, यीे भिजेका दुब्ला बिराला हुन् 
पुग्छन् हस्याङफस्याङ गर्दै 
म्यान पावर कम्पनीमा लाइन बस्न

कहिल्यै सँगै पर्न दिएन कम्पनीले 
म्यान र पावरलाई
मालिककै हातको मसल भइरहेछ पावर
यहाँ एउटै छ मालिक
तर, को हुने मालिकको जुत्ता ?
चलिरहेछ हिंस्रक जुहारी

हेर्नोस् त
यी रुख र भर्जिन खोलाहरू
यी पहाड र हिमालहरू
यी मैदानमा झुलिरहेका धानका बोटहरू
लाइन लागिरहेछन् कम्पनीको अगाडि
कार्टुनमा प्याक गरेर बेच्दैछ कम्पनीले
पुग्नेछन् तिनीहरू समुद्र पारी

केही रहेन बाँकी
कोही रहेनन् बाँकी 
जो छन् बाँकी 
जोखिममा छ तिनको ज्यान

निकै चतुर छ 
कम्पनीको मालिक 
जसले बिक्री गर्छ मानिस खुलमखुला
तर बेचेको छनकसम्म दिँदैन

फस्टाउँदो उद्यम देखेर 
मख्ख परिरहेछ कम्पनीको मालिक
तर, त्यसको अनुहार मिल्दैन मेरो देशसँग
ऊ मनमनै सोचिरहेछ
यो देश नै उडाएर लैजान सकिन्छ कि एकदिन ?

म देशलाई
देश भन्न लालायित छु
तर, किन देश
म्यान पावर कम्पनीजस्तो भएको छ ?
काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x