साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रोईलर विचार

Nepal Telecom ad

नयाँ शहरमा नयाँ फास्टफुड
ज्ञात–अज्ञात अनुहारमाथि
टाँसिएको छ मेनु–
सहिद मञ्चको भित्तामा
बनमारा झारको फ्लेवरमा
ब्रोईलर विचारको हट सुप !
उधारो आश्वासन र सपनाहरू
विचारको फ्यूजन र कन्फ्यूजन ।
कमरेड !
तिमीले दुनामा दिएको
ब्रोईलर विचारको हट सुप
कुनामा बसेर जतिले पिए–
बकबक गर्छन् एलर्जी
काउसोको कमाल
कन्याउँछन् ठाउँ कुठाउँ
आफूले बोलेको
बुझ्दैनन् आफैँ ।
कमरेड !
घण्टाघरले घण्टी हानेको हान्यै छ
तम्तम्याईलो खँड्कुलोमा
ब्रोईलर विचारको हटसुप
उम्लेको उम्ल्यै छ
बाफ बनेर फैलिरहेछ
आतङ्कित फ्लू !
कमरेड !
गुन्द्रीमा बसेर
गुन्द्रुकको स्वाद लिनेहरू
एकोहोरो हेरिरहेछन्
र, दोहोरो भनिरहेछन्
वाफ रे ! वाफ…
ब्रोईलर विचारकोे वाफ !
उड्यो फोकाझैँ
र, हेर्दा र्हेर्दै–
नपुग्दै धरहरामाथि
प्वाट्ट फुटेर विलायो
महाभोजका रमिते माथि ।
अन्नपूर्णपोष्ट दैनिक, २८ चैत २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x