साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसो तसो फेरियो यो साल

Nepal Telecom ad

जसो तसो फेरियो यो साल आजदेखि
गरिवीको छानो बनोस् पाल आजदेखि ।

पूर्व पश्चिम नेपाल रोयो पीडा नसहेर
नदेखिने भए हुन्थ्यो नाल आजदेखि ।

सुख शान्त समृद्धिको बने हुन्थ्यो नेपाल
सुध्रिइँदै आओस फेरि हाल आजदेखि ।

गर्ने खाने पालो आओस् उनै गरिवीको
हटोस् सबै गरिव मर्ने जाल आजदेखि ।

धनी गरिव सिमारेखा टुटे हुन्छ अब
नबनोस् यी समाजका ढाल आजदेखि ।

गाउँ घर पनि उठ्ने बेला भएको छ
विवश बनि नआइदियोस् काल आजदेखि ।
क्याक्मी, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x