सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जसो तसो फेरियो यो साल

Nepal Telecom ad

जसो तसो फेरियो यो साल आजदेखि
गरिवीको छानो बनोस् पाल आजदेखि ।

पूर्व पश्चिम नेपाल रोयो पीडा नसहेर
नदेखिने भए हुन्थ्यो नाल आजदेखि ।

सुख शान्त समृद्धिको बने हुन्थ्यो नेपाल
सुध्रिइँदै आओस फेरि हाल आजदेखि ।

गर्ने खाने पालो आओस् उनै गरिवीको
हटोस् सबै गरिव मर्ने जाल आजदेखि ।

धनी गरिव सिमारेखा टुटे हुन्छ अब
नबनोस् यी समाजका ढाल आजदेखि ।

गाउँ घर पनि उठ्ने बेला भएको छ
विवश बनि नआइदियोस् काल आजदेखि ।
क्याक्मी, स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई