साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रकारहरुमाथि जाेक

Nepal Telecom ad

एकपटक पत्रकार एउटा किसानले बाख्रापालनबाट पाएको सफलताबारे समाचारका लागि इन्टरभ्यू लिन गएछ ।

पत्रकार: तपाँईका बाख्रा निकै बलिया छन्, बाख्रालाई के खुवाउनु हुन्छ ?
किसान: कालो कि सेतो बाख्रालाई ?
पत्रकार: सेतो बाख्रालाई ?
किसान: हरियो घाँस र मकैका दाना
पत्रकार: अनि कालोलाई चैं ?
किसान: तेस्लाई पनि हरियो घाँस र मकैको दाना
पत्रकार: बाख्रालाई कस्तो खोर बनाउनु भएको छ ?
किसान : कालोलाई कि सेतोलाई ?
पत्रकार: सेतो बाख्रालाई
किसान: टाट्ने खोर बनाएको छु
पत्रकार: अनि कालो बाख्राका लागि चैं ?
किसान: तेसलाई पनि टाट्ने खोरमै
पत्रकार: तपाँईले पालेका बाख्रा त निकै सफा देखिन्छन् नि ? नुहाईदिनु हुन्छ कि क्याहो ?
किसान: कुन ? कालोलाई कि सेतोलाई ?
पत्रकार: कालोलाई
किसान: सफा सुग्घर गरेपछि सफा भैहाल्छन नि
पत्रकार: (अलिक रिसाउँदै) अनि सेतो चैं ?
किसान: त्यसलाई पनि त्यस्तै हो
पत्रकार: अनि जब सवै कुरा कालो र सेतोलाई उस्तै हो भने किन कालो सेतो भन्नुहुन्छ ?
किसान: किनभने कालो बाख्रा मेरो हो नि
पत्रकार: अनि तेसो भए सेतो बाख्रा चैं ?
किसान: सेतो पनि मेरै हो
-बाबुराम भण्डारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x