सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पत्रकारहरुमाथि जाेक

Nepal Telecom ad

एकपटक पत्रकार एउटा किसानले बाख्रापालनबाट पाएको सफलताबारे समाचारका लागि इन्टरभ्यू लिन गएछ ।

पत्रकार: तपाँईका बाख्रा निकै बलिया छन्, बाख्रालाई के खुवाउनु हुन्छ ?
किसान: कालो कि सेतो बाख्रालाई ?
पत्रकार: सेतो बाख्रालाई ?
किसान: हरियो घाँस र मकैका दाना
पत्रकार: अनि कालोलाई चैं ?
किसान: तेस्लाई पनि हरियो घाँस र मकैको दाना
पत्रकार: बाख्रालाई कस्तो खोर बनाउनु भएको छ ?
किसान : कालोलाई कि सेतोलाई ?
पत्रकार: सेतो बाख्रालाई
किसान: टाट्ने खोर बनाएको छु
पत्रकार: अनि कालो बाख्राका लागि चैं ?
किसान: तेसलाई पनि टाट्ने खोरमै
पत्रकार: तपाँईले पालेका बाख्रा त निकै सफा देखिन्छन् नि ? नुहाईदिनु हुन्छ कि क्याहो ?
किसान: कुन ? कालोलाई कि सेतोलाई ?
पत्रकार: कालोलाई
किसान: सफा सुग्घर गरेपछि सफा भैहाल्छन नि
पत्रकार: (अलिक रिसाउँदै) अनि सेतो चैं ?
किसान: त्यसलाई पनि त्यस्तै हो
पत्रकार: अनि जब सवै कुरा कालो र सेतोलाई उस्तै हो भने किन कालो सेतो भन्नुहुन्छ ?
किसान: किनभने कालो बाख्रा मेरो हो नि
पत्रकार: अनि तेसो भए सेतो बाख्रा चैं ?
किसान: सेतो पनि मेरै हो
-बाबुराम भण्डारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad