साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई छेपारो बनाइदेऊ प्रभु !

Nepal Telecom ad

म केही दिनदेखि सोच्दै छु
कसरी छेपारो बन्ने भनेर ?
बन्ने सोचेर मात्र के गर्नु
कसैले बनाइदिनु पनि त प¥यो नि !
ब्रह्माजीलाई भनुँ भने
खै कता गए कता ती पनि
उनीभन्दा ठूला दारीवाल र गाडीवाल आएकाले
ती कतै अलप भए होलान् ।
मलाई छेपारो जसले बनाइदिए पनि हुन्छ
उत्तर वा दक्षिण जताबाट भए नि हुन्छ
अलि परैबाट बनाइदिए पनि फरक पर्दैन
बरु बिराले आँखा नै बनाइदेऊ
आँखाले केही फरक पर्दैन
तर
छेपारो भने अवश्य बनाइदेऊ प्रभु ।
मलाई परिवेशले छेपारो बन्न बाध्य तुल्यायो
नत्र मलाई यस धर्तीमा
बाँच्न सारै कठिन भो ।
मेरो स्वाभिमान खोक्रिइसक्यो
मेरो निष्ठा बोक्रिइसक्यो
मेरो कर्तव्य झोक्रिइसक्यो
मेरो पहिचान टुक्रिइसक्यो ।
मलाई आफ्नो स्वाभिमान, निष्ठा, कर्तव्य, पहिचान
कायम गर्ने विचार थियो
तर परिस्थिति बदलियो
हिजोका राजमानहरू
धमाधम लोकमानको टिकट लिन थाले
अहिले कसैको टिकट लिन विकट भए पो
‘म’ लाई बन्धकी राखेपछि वा बेचेपछि नहुने कुरै छैन ।
स्वाभिमान कायम राखेर बाँच्न गारो भो
परिस्थितिले मलाई बाँच्न नसक्ने बनायो
म अनाहकमा मर्न चाहन्न
बरु छेपारो भएरै जिउँछु,
त्यसैले प्रभु मलाई छेपारो बनाइदेऊ ।
म तिमीले भनेकै बैंकमा
भनेकै मुद्रा जम्मा गरिदिन तयार छु
तर मलाई छेपारो बनाउनै पर्छ
नत्र तिम्रो अस्तित्व पनि समाप्त पारिदिन्छु ।
मलाई कहिलेकाहीँ शङ्का लाग्छ
रङ्ग फेर्ने तरिका
मान्छेले छेपारोबाट सिक्यो कि
छेपारोले मान्छेबाट सिक्यो ?
जसले जोबाट सिके पनि
एकपटक मलाई छेपारो नभई भा छैन
त्यसैले प्रभु मलाई जसरी भए पनि
एकपटक छेपारो बनाइदेऊ ।
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x