साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल लेख्नु छ

Nepal Telecom ad

जति सुन्यो मिठो लाग्ने गजल लेख्नु छ
रक्सी भन्दा छिटो लाग्ने गजल लेख्नु छ

असरदार कस्तो भने यल्ले छोएमा
ढुङ्गा मुढा पिठो लाग्ने गजल लेख्नु छ ।

संसारका जे जतिछन् सारा मुद्दामा
गज्जबको भिटो लाग्ने गजल लेख्नु छ ।

नक्कल नै गर्नु परे किन अरूको
गालीबकै डिटो लाग्ने गजल लेख्नु छ ।

स्वाद सबै फिका लागुन् यसका अगाडि
स्याउ खाँदा गिठो लाग्ने गजल लेख्नु छ ।

भर्खरै त सत्तरीको भइयो भनौं न
सय नाघ्दा ठिटो लाग्ने गजल लेख्नु छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x