साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दपीडा

Nepal Telecom ad

शब्दको भीरबाट लडिदिन्छु
कि शब्दकै अग्निकुण्डमा हाम्फाल्छु !
कि शब्दको तीरले घोचिन्छु
कि शब्दकै तुइनमा झुण्डिएर
तर्छु दुःखको कर्णाली !

शब्दद्वारा कुटिएर मर्छु
कि शब्दद्वारै टोकिन्छु, लुछिन्छु, चुँडिन्छु !
कि शब्दकै तरबारमा
रेटिदिन्छु विचारको गला !

कविता जन्मिदैन भने के भो त ?
कि म यो निर्मम शब्दब्रह्मको वध गर्छु
कि शब्दको कालकूट पिएर
शब्दकै समुद्रमा
सुतिदिन्छु चिरकालसम्म … !!
वि. सं. २०७२ श्रावण २ गते
त्रिभुवन पार्क, थानकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x