साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो काठमाण्डु

Nepal Telecom ad

लस्याङ पस्याङ गर्दै बस्छ, हस्याङ फस्याङ गर्दै उठ्छ
भाग मिल्दा स्वाट्टै मिल्छ, त्याग चाहिए फ्याट्टै फुट्छ ।

मेची–काली तमाम अट्ने, तन्नाम मेरो काठमाण्डु
बढार्नलाई श्रोतै अभाव, भतेर गर्न आफैं जुट्छ ।

अजबको नियतिमा बाँच्छ गजब काठमाण्डु
एकैछिनमा हिलो हुन्छ, एकैछिनमा धुलो उड्छ ।

गजधम्म नाङ्गै बस्छ, लाजैपचुवा काठमाण्डु
सडक हुन्छ साँढेलाई, जथाभाबी गाडी गुड्छ ।

आफू सहि अरू बेकुब, ठान्छ मेरो काठमाण्डु
कर्तब्यको साउती गर्छ, अधिकारको बिगुल फुक्छ ।

हीनतामा बसी घुट्ट, थुक निल्छ काठमाण्डु
छाती ठोक्दै मै हुँ भन्छ, फुत्त लुक्दै दिल्ली पुग्छ ।

संसारका राजधानी सँगै हेर्दा काठमाण्डु
सिकारूको चित्र लाग्छ, कताकता भित्रै दुख्छ ।
२०७२ श्रावण
काठमाण्डु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x