साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त बुढो भाको छैन

Nepal Telecom ad

बसमा चढ्दा
तरुनीहरू भन्थे
दाइ आलिक सर्नु त
ठिठाहरू भन्थे
दाइ यसो गर्नु त
अधबैँसेहरू भने
भाइ यता हेर्नुस् त
आज भोलि
तरुनी त के
अधबैँसे पनि
अङ्कल पो भन्छन्
चालिस नाघेका पनि
भाइ बहिनी बन्छन्
गाला चाउरी परे पनि
खास उमेर गाको छैन
तिमीले सोच्या जस्तो
म त बुढो भाको छैन ।

पुस्तकालयमा पढ्दा होस् कि
टेम्पोमा चढ्दा
अब त झन
हजुर बा पो भन्न थाले
आफूलाई भर्खरकै लाग्छ
तर यिनले बुढ्यौलीमा पो हाले ।

आफूलाई तन्नेरी लागेको बेला
हजुर बा पो भन्छन्
तिस वर्ष नाघेका नखरमाउली पनि
सोर्ह वर्षे बन्छन्
यो सेतो कपाल पनि
जवानी मै फुल्या हो
जौ तिले दाह्री पनि
उहिले नै झुल्या हो
कपाल फुले पनि
दाह्री फुले पनि
खास उमेर त गाको छैन
तिमीले सोच्या जस्तो
म त बुढो भाको छैन ।

दाह्री सक्कली हुन्
आँखीभौँ सक्कली हुन्
तपाईंलाई खुसुक्क भन्छु
यी दाँत चाहिँ नक्कली हुन
भर्खर साठी काटियो
उमेर त खास गाको छैन
तर तपाईंले भनेको जस्तो
खास बुढो भाको छैन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x