सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलियुगको राजनीति

Nepal Telecom ad

चिना नबनाईकन
कर्मकाण्ड जुराई दिने
राजनीतिको खुबी हुन्छ
आश्वासनको खेतिबाडी
गर्दा गर्दै बुढो हुन्छ ।

सिधासादा जनतासँग
गहिरो नाता गाँसि दिन्छ
बाढी आए बागमतीमा
तिनैलाई बगाई दिन्छ ।

बोली पनि चिप्लो हुन्छ
हेराई पनि तिखो हुन्छ
जनताको नाम बेच्दै
देश लुट्ने बानी हुन्छ ।

अवसरको खेती गर्दै
धर्म पनि बेचि दिन्छ
मौका मिले माथि चढ्न
आफ्नै साथी बलि दिन्छ ।

यदाकदा इमानदारलाई
चोके पारि ङ्याकी दिन्छ
गुटैगुटको खेल खेल्दै
कुर्ची पनि पड्काई दिन्छ ।

बिना चिनाको साईत हेर्दै
विद्रोह पनि मच्चाई दिन्छ
ज्वाला बनि दन्क्यो भने
बालुवा छर्की निभाई दिन्छ ।

लेखाजोखा गर्दा गर्दै
चारै दिशा भौतारिन्छ
स्वदेशको माया भन्दा
विदेशको सेवा गर्छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली