साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुगको राजनीति

Nepal Telecom ad

चिना नबनाईकन
कर्मकाण्ड जुराई दिने
राजनीतिको खुबी हुन्छ
आश्वासनको खेतिबाडी
गर्दा गर्दै बुढो हुन्छ ।

सिधासादा जनतासँग
गहिरो नाता गाँसि दिन्छ
बाढी आए बागमतीमा
तिनैलाई बगाई दिन्छ ।

बोली पनि चिप्लो हुन्छ
हेराई पनि तिखो हुन्छ
जनताको नाम बेच्दै
देश लुट्ने बानी हुन्छ ।

अवसरको खेती गर्दै
धर्म पनि बेचि दिन्छ
मौका मिले माथि चढ्न
आफ्नै साथी बलि दिन्छ ।

यदाकदा इमानदारलाई
चोके पारि ङ्याकी दिन्छ
गुटैगुटको खेल खेल्दै
कुर्ची पनि पड्काई दिन्छ ।

बिना चिनाको साईत हेर्दै
विद्रोह पनि मच्चाई दिन्छ
ज्वाला बनि दन्क्यो भने
बालुवा छर्की निभाई दिन्छ ।

लेखाजोखा गर्दा गर्दै
चारै दिशा भौतारिन्छ
स्वदेशको माया भन्दा
विदेशको सेवा गर्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x