साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी कवि ….

Nepal Telecom ad

शब्द थुर्पाछौ, जाल बुन्छौ
तानाबाना बुनी, कविता बनाउँछौ
कवि हुँ भन्ने, आफैँ गर्व गर्छौ ।
कति शब्द चोर्छौ, कति भाव पनि,
एउटै कविताका, दुईचार पार्छौ,
तिमी कवि अनि तिम्रा कविता ।

तिमीलाई कसले छुन्छ, त्यही कवि,
तिमी केमा पीडित छौ, त्यही कविता
नीजि शब्द, भाव अनि विचार
आफ्नो कविता आफै बुझ्न गाह्रो,
कस्तो कवि कस्तो कविता,
तिमी आफै कवि, तिम्रा कविता ।

कोर सन्तुष्टी मिल्छ,
छपाऊ नाम टाँसिन्छ
कसले पढ्ला, पाठक को ?
हिसाव नगर,
पत्रिकामा त छापियो नि
रेडियोमा बाचन भयो नि तिम्रो कविता ।
कविको हारमा त उभियौ नि,
पत्रिकाको पातो त भरियो नि,
रेडियो को समय त लियो नि
तिमी कवि र तिम्रा कविता ।

लेख, रच, सुनाउ पनि,
त्यसै गरी त हुने हो नि कवि,
अझ आफूभन्दा साना तिम्रा स्रोता
तिम्रा शुभेच्छुक, तिम्रै नजिक ठानिएका,
बनाउ मित्र, अनि बन कवि
र रचना गर कविता ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x