साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुकम्पले गर्नु गर्या छ

Nepal Telecom ad

यो भुकम्पले साथी
तपाइँलाई खै कस्तो गर्या छ
आफूलाई त बजियाले
गर्नु गर्या छ ।

कहिले भात खानै लागेको बेला आउँछ
कहिले स्नान गर्न जाने बेला आउँछ
कहिले बजिया
टवाइलेट छिरेको बेला आउँछ
आयो आयो भनेपछि
आफ्नो के आउँथ्यो र
कपडा समाल्दै भाग्नु पर्या छ
बेला न कुबेला आएर
यो भुकम्पले गर्नु गर्या छ ।

आउने नै हो भने
घर आउने पाहुनाले झैं
फोन गरेरै आउनु नि
कि चाँडो चर्पी गएर आइन्थ्यो
कि भुकम्प गएपछि गइन्थ्यो
कि जादै नगई बसिन्थ्यो
बेकारमा पटक पटक
यसरी किन फसिन्थ्यो ।

यो सरकार पनि यो बेला
खुला दिशामुक्त क्षेत्रलाई
खुल्ला गरी दिए हुन्थ्यो
कमसेकम शौचालय जाँदा
मान्छे ढुक्कले त जान्थ्यो ।

भोक लाग्छ खानै पर्यो
त्यो लाग्छ जानै पर्यो
अझ जाँदा चुक्कुल पो लाउने पर्ने
यो चुक्कुलमा त
कति पटक नराम्ररी फस्या छु
ढोका नै खोल्न नसकेर
मरिने भो भन्दै
थचक्क बस्या छु ।

भुकम्प र टवाइलेट पनि
सँगै आउनु पर्ने
कम्पिटिसन नै गर्या जस्तो
दुईटा पार्टीले कार्यक्रम
एकै दिन पो गर्या जस्तो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x