साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ३३ आैँ शृङ्खला

Nepal Telecom ad

श्रावण २३ गते शनिबार । घुम्ती कविगोष्ठी, काठमाडौँले ३३ औँ विशेष कविगोष्ठी कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं. ४, नारायणथानस्थित आरती पार्टी प्यालेसमा सम्पन्न भयो ।

गजलकार रामबहादुर पहाडीको आयोजना एवम् सभापतित्वमा सम्पन्न कार्यक्रममा रामबहादुर केसीको प्रमुख आतिथ्य थियो भने विशेष अतिथि महाकाव्यकार भूवनहरि सिग्देल र कवि विष्णुबहादुर सिंह हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा डम्बर घिमिरे, मदनराज थापा, नरप्रसाद धिताल, मञ्जुश्री प्रधान, डिल्लीराज अर्याल हुनुहुन्थ्यो ।

जम्मा ३२ जना कवि कवयित्रीहरूले कविता वाचन गरेको यस कार्यक्रममा अतिथि लगायत प्रकाश रुपाखेती, कृष्णदेव रिमाल, वैरागी जेठा, सीताराम गुरुङ, द्वारिका थापा कुइँकेल, गीता ढुङ्गाना, तारा केसी, गीता पण्डित, संवृद्धि गुरागाईं, रामकुमार पण्डित क्षेत्री, गौतम सिलवाल, डिल्लीप्रसाद मूलतिहुन, कुशुम शर्मा, जगदीश्वर पोखरेल, राजेन्द्रप्रसाद ढुङ्गाना, बालमुकुन्द कार्की, मणिराज सिंह, परशुराम पराशर, मोहनमणि पोखरेल, श्याम सङ्कल्प, कमला रिसाल ज्योति, उर्मिला पन्त पाण्डेय, सुदेश सत्याल आदिले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

परशुराम पराशर उद्घोषक रहेको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षा भने मोहनमणि पोखरेल र शीतल गिरीले गर्नुभएको थियो । घुम्ती कविगोष्ठीको कार्यको सराहना गर्दै प्रमुख अतिथि रामबहादुर केसी र अतिथि मदनराज थापाले कवितामाथि छोटो टिप्पणी पनि गर्नुभएको थियो ।

डिल्लीप्रसाद मूलतिहुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बालमुकुन्द कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्त्यमा सभापति रामबहादुर पहाडीले थप धन्यावाद सहित मिठो गजल गायनले सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x