साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रवाद…..

Nepal Telecom ad

राष्ट्रवाद गीतमा गाउँला, युवाशक्ति विदेशमा पठाउँला ।
विदेशीले छोराछोरी जन्माउनै छोडे ।
किन पाउनू दुख गरी नेपाल छँदै छ रे ।।
गर्भैदेखि अङ्ग्रेजीको अभ्यास गर्दै गर ।
रुने, हाँस्ने, खाने, सुत्ने अङ्ग्रेजीकै भर ।।
पाऊ आमा सकेका सन्तान, विदेशमा कामदार बनाउन ।।

सिरु फुल्छ आजभोलि मकै फल्ने बारी ।
धान झुल्ने खेतमा त वनमारा घारी ।।
खोला मात्रै बगिरह्यो छैन खेतमा कुलो ।
डलरले बाल्नु पर्ने नेपालीको चुल्हो ।।
सिरु फुल्यो गाउँवेसी पाटामा, युवाशक्ति विदेशी माटोमा ।।

राजनीति यसैसँग मौलाउँछ अरे ।
पार्टी हाँक्ने पैसा पनि डलर मै छरे ।।
कारखाना खोल्नु भन्दा पठाउनै जाती ।
राजनीतिक स्थिरता यसैमा छ साथी ।।
गाउँबस्ती निर्जन बनाउँला, संघीयता डलर मै चलाउँला ।।

किन चाहियो छोराछोरी डलर खाए हुन्छ ।
किन चाहियो बाबुआमा डलर पाए हुन्छ ।।
आफ्ना कुरा सबै गल्ती अर्काको चाहिँ राम्रो ।
सबै कुरा फालिसक्यौं के छ बाँकी हाम्रो ।।
गुमिसक्यो भाषा र भेष, छैन सोच्ने बुद्घि र विवेक ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x