साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लज्जा

Nepal Telecom ad

तिम्रो मकसद के हो मोरेन्द्र नदी ?
तिम्रो मसला के हो सिँजनाथ राज ?
हेर, आज म टिल्ल मातेको छु,
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नाङ्गै निस्कयौ इण्डिया गेटबाट ?
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप लप्लप
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।
तिम्रो छातीभित्र किन पापको खानी भेटिन्छ ?
तिम्रो बेलायती बुटले
अझै किन मेरी आमाको छाती कुल्चिन्छ ?
तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
तिम्रो जिब्रोले भन्छ
कि तिमी हौ हाम्रो सबैभन्दा असली दोस्त
र तिम्रो दाँतले
मुस्किलले बचाएको मेरो शान्तिलाई डस्छ !
तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
दुई नाउमा राखेर दुई खुट्टाहरू
कथित लोकतन्त्रको नदी तर्न खोज्छौ ।
मनभरी छरेर हिँसाको बिउ
अहिँसाको गीत गुन्गुनाउँदै हिँड्छौ ।
लगाउँछौ भातृत्वको चर्को नारा
र मानवताको घाँटी निमोठ्दै हिँड्छौ ।
भन, तिम्रो इरादा के हो भरते ?
निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नाङ्गै निस्क्यौ इण्डिया गेटबाट ?
के तिम्रो भूमिमा पुछेको हैन फिरंगीले फोहोर खुट्टा ?
मेरा पुर्खाहरू लडे तिनीहरू बिरुद्ध ।
हेर अझै को लड्दैछ एलओसीमा ?
एक फोक्सो हावा नपाएर तड्पिँदै तड्पिँदै
को बस्दै छ सियाचिन ग्लेसियरमा ?
को को लडेका हुन् विश्व युद्धमा तिम्रो देश जोगाउन ?
को को मरेका हुन्, बहत्तरको लडाईंमा ?
नसोच्नू, यो मेरो गर्वको विषय हो
म मेरा प्रत्येक शासकलाई
मेरा पूर्खाको रगतको व्यापार सन्धिका निम्ति घृणा गर्छु ।
घृणा गर्छु, तिमीलाई पनि
जो यो इतिहास बिर्सिएर
मेरी आमाको पटुकी फुकाल्न खोज्छ ।
यस्तो बेला म कसरी चुप बस्न सक्छु ?
म कसरी घातक सन्धिहरूमा
फेरि अर्को जाली ल्याप्चे ठोक्न सक्छु ?
इतिहास मेरो कमजोरी थियो
त्यसलाई अब सच्चाएर बलियो बनाउन चाहन्छु ।
के तिम्रै राज्यमा उठेका होइनन् खालिस्थानका नाराहरू ?
र यसरी भड्काउँदै हिन्छौ भने मेरा भाइहरू,
म तिम्रो दादागिरीको खिलाफमा
सबैभन्दा अग्र पङ्क्तिमा उभिन चाहन्छु !!
म बिल्कुल सतर्क छु
यति त बुझ्छु अब–
तिमी धर्मको राजनीति गर्छौ र सत्तामा पुग्छौ
आफूलाई ठूलो माछा सम्झन्छौ
र कुरका साना माछाहरू निल्न खोज्छौ ।
तर यसको अर्थ
हामीलाई तिम्रो खोक्रोपन थाहा छैन भन्ने होइन,
सार्क खेलकुदमा धेरै मेडल जितेकै आधारमा
तिमी हाम्रो मालिक होइनौ
र होइनौँ हामी तिम्रा दास !
जबकि ओलम्पिकमा तिमीले जित्ने
त्यही एउटा स्वर्ण पदक न हो !
ए मेरो हिमालको चिसो पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप लप्लप
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।

(भारतीय नाकाबन्दी बिरुद्ध समर्पित कविता ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x