साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लज्जा !

ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते दुनियाँ लजाइसक्यो निधारबाट तल झार आफ्नो लिङ्ग र छोप अनि मलाई जवाफ देऊ, लप्लप् लप्लप् तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ? कुनै विषालु सर्पका झैँ ।

Nepal Telecom ad

भूपिन खड्का :

तिम्रो मकसद के हो मरेन्द्र नोदी ?
तिम्रो मसला के हो साजनाथ रिँह
हेर, आज म टिल्ल मातेको छु,
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नाङ्गै निस्क्यौ इण्डिया गेटबाट ?

दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।
तिम्रो छातीभित्र किन पापको खानी भेटिन्छ ?
तिम्रो बेलायती बुटले
अझै किन मेरी आमाको छाती कुल्चिन्छ ?

तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
तिम्रो ओठले भन्छ
कि तिमी हौ हाम्रो सबैभन्दा असली दोस्त
र तिम्रो दाँतले
मुस्किलले बचाएको मेरो शान्तिलाई डस्छ !
तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
दुई नाउमा राखेर दुई खुट्टाहरू
कथित लोकतन्त्रको नदी तर्न खोज्छौ ।

मनभरी छरेर हिँसाको बिउ
अहिंसाको गीत गुन्गुनाउँदै हिँड्छौ ।
लगाउँछौ भातृत्वको चर्को नारा
र मानवताको घाँटी निमोठ्दै हिँड्छौ ।
भन, तिम्रो इरादा के हो भरते ?
निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ?
के तिम्रो भूमिमा पुछेको हैन फिरङ्गीले फोहोर खुट्टा ?
मेरा पुर्खाहरू लडे तिनीहरू बिरुद्ध ।

हेर अझै को लड्दैछ एलओसीमा ?
एक फोक्सो हावा नपाएर तड्पिंदै तड्पिंदै
को बस्दै छ सियाचिन ग्लेसियरमा ?
को को लडेका हुन् विश्व युद्धमा तिम्रो देश जोगाउन ?
को को मरेका हुन्, अपरेसन क्याक्टसमा ?
नसोच्नू, यो मेरो गर्वको विषय हो
म मेरा प्रत्येक शासकलाई
मेरा पूर्खाको रगतको व्यापार सन्धिका निम्ति घृणा गर्छु ।
घृणा गर्छु, तिमीलाई पनि
जो यो इतिहास बिर्सिएर
मेरी आमाको पटुकी फुकाल्न खोज्छ ।

यस्तो बेला म कसरी चुप बस्न सक्छु ?
म कसरी घातक सन्धिहरूमा
फेरी अर्को जाली ल्याप्चे ठोक्न सक्छु ?
के तिम्रै राज्यमा उठेका होइनन् खालिस्थानका नाराहरू ?
कस्मिर, तमिल र गोर्खाका तुमुल ध्वनिहरू ?
बिर्सिएर आफ्नो असफलता
र यसरी भड्काउँदै हिन्छौ भने मेरा भाइहरू,
म तिम्रो दादागिरीको खिलाफमा
सबैभन्दा अग्र पंतिमा उभिन चाहन्छु ।

म बिल्कुल सतर्क छु
यति त बुझ्छु अब-
तिमी धर्मको राजनीति गर्छौ र सत्तामा पुग्छौ
आफूलाई ठूलो माछा सम्झन्छौ
र कुरका साना माछाहरू निल्न खोज्छौ ।
तर यसको अर्थ
हामीलाई तिम्रो खोक्रोपन थाहा छैन भन्ने होइन,
कहिल्यै नभुल्नु यति चाहिँ
कि तिमी हाम्रो मालिक होइनौ
र होइनौँ हामी तिम्रा दास ।

ए मेरो हिमालको चिसो पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x