साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मासिक रचनावाचन ८५ औँ श्रृङ्खला र वार्षिक साधारण सभा

अध्यक्ष राजबहादुर राईको अध्यक्षतामा मिरिक नगरपुस्तकालयको सभा हलमा सम्पन्न कार्यक्रममा रचनावाचन, नयाँ कार्यसमितको चयन र विविध विषयमा छलफल गरी उपस्थित पदाधिकारीहरूबाट स्वतस्फूर्त अनुमोदन पनि गरिएको थियो ।

Nepal Telecom ad

मिरिक, २० जेठ ०८० अर्थात् ३ जून २०२३ का दिन दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपुस्तकालयमा स्थापित साहित्यिक संस्था ‘साहित्य सुनौँ परिवार मिरिकको’ नियमित कार्यक्रम ८५ औँ मासिक रचनावाचनका साथ तेस्रो वार्षिक साधारण सभा पनि सम्पन्न भयो ।

संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षतामा मिरिक नगरपुस्तकालयको सभा हलमा सम्पन्न कार्यक्रममा रचनावाचन, नयाँ कार्यसमितको चयन र विविध विषयमा छलफल गरी उपस्थित पदाधिकारीहरूबाट स्वतस्फूर्त अनुमोदन पनि गरिएको थियो ।

वार्षिक साधारण सभा भन्ने वित्तिकै वर्तमान प्रतिवेदन प्रस्तुत र भावी कार्ययोजना त संस्थाको नियमित र अनिवार्य विषयवस्तु त हुन् नै यद्यपि यो बिचमा रचनावाचनलाई पनि स्थानग्रहण गराइएको थियो । यसरी मासिक रचनावाचन गर्नेहरूमा डुपछिरिङ लेप्चा- कविता, अर्जुन प्रधान ‘लोकलाङ’- कविता, विनोदसिँह खाती- गजल, अनिलमणि प्रधान- कविता, सुकबहादुर प्रधान- अटलविहारी वाजपेयीको- कविता, जीनर घतानी- कविता, गणेश बराइली- कविता, अजम प्रधान- कविता र कमला तामाङले बोडो कवितालाई नेपालीमा अनुवाद गरी प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विविध विषयमा छलफल गरी पुरानो कार्यसमितिलाई नियमसंगत भङ्ग गरी नयाँ कार्यसमिति पुनर्गठन पनि गरिएको हो जसमा तीन वर्षे कार्यकाल (सन् २०२३-२०२५ मार्च) सम्मको नयाँ कार्यसमिति भने यसप्रकार रहेको छ-
●अध्यक्ष/सभापति- श्री राजबहादु राई
● उपाध्यक्ष/उपसभापति- श्री वाईएन ढकाल/श्री केसाङ लामा
● सचिव- शीला लामा
● सह-सचिव- अमर दुङ्माली
● कोषाध्यक्ष- कमला तामाङ
● सह-कोषाध्यक्ष- अजम प्रधान
● आन्तरिक जाँचक- गणेश बराइली
● प्रचारप्रसार सचिव- एसबी गजमेर

त्यसैगरी कार्यकारी सदस्यहरूमा ● अनिलमणि प्रधान, ● अर्जुन प्रधान ‘लोकलाङ’, ● विनोदसिँह खाती, ● जीनर घतानी आदि रहेका छन् भने अर्को सभामा डुपछिरिङ लेप्चालाई पनि मनोनित गरिने कुरा सार्वजनिक गरिएको थियो ।

हुन त साहित्य सुनौँ परिवार मिरिकको यो र यस्ता किसिमका कार्यक्रम योजना व्यवस्थापन तथा सञ्चालन पहिलो पटक भने हुँदैहोइन । नियमित यसरी कार्यक्रम गरी निस्कर्षमा पुग्न सक्नु र सिर्जनशील प्रतिभाहरूको पहिचान गरी अग्रज पुस्ताको सम्मान गर्दै जान सक्नु झन् चानचुने कुरा होइन ।

संस्थाको सचिव शीला लामाद्वारा सचिवको कर्तव्यअनुसारको प्रतिवेदन, उपस्थित महानुभावहरूलाई स्वागत गन्तव्य र कार्यक्रम सञ्चालन समेतको कार्यभार जिम्मा लिएको सो कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश भने संस्थाका निवर्तमान सह-सचिव कथाकार दीप प्रधानद्वारा गरिएको प्रचारप्रसार सचिव एसबी गजमेर र दीप प्रधानले जानकारी दिएका थिए ।

०००
– मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x