साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झारपात

Nepal Telecom ad

उह् त्याँ जंगलमा हेर
के त्याँ नौले झार छ ?
के त्याँ पिर्रे झार छ ?
के त्याँ गन्धे झार छ ?
के त्याँ घोडेदुबो छ ?
अहँ छैन, छँदै छैन
किनकि
त्यहाँ यी फस्टाउन सक्दैनन्
यी परनिर्भर छन्
त्यसैले तिम्रै खेतबारीमा
अखडा बनाउँछन्
जेठको घाममा तिल्मिलाएका घोडेदुबो
असारमा धान संगै हरियो हुन थाल्छन्
जह्रैदेखि उखेल
र दबाइदेऊ खेतको हिलोमा
कचक्क पैतालाले
डिलमा उम्रेर गह्रामा तन्किन लागेका होलान्
दया नगरी चट्चटी टाउको चुँडिदेऊ
धानकै रुपमा सामा ढुक्क भएको हुनसक्छ
उखेलेर राख डिलमा
मुठ्ठी भरेर हँसियाले रेटौला
भारी पुर्याउन सजिलो होला
पानीले खेत ढकाइराख
सितिमिति झार नउम्रियोस् ।
वर्षातमा झार प्रशस्त उम्रन्छन्
यसरी दबाइदेऊ कि
कोदालीले कोदोबारी फर्काए झैं
हलोले बाँझो जोते झैं
कोदालोले डल्ला फोरे झैं
नदेखाऊ ममता झारमाथि
सकभर निर्दयी बन
नत्र
बयेली खेल्ला झार
नुहुने बेलामा ठाडै बस्लान् बाला
कोदो भन्दा पहिले फुल्लान् गन्धे
निगालिएलान मकैका बोटहरू
अनि
भोकै परौला तिमी
र तिम्रा सन्तानहरू ।
साकोनारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x