साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्कै अर्कै कुरा

Nepal Telecom ad

ट्रम्प पुटिन र किमका कुरा अर्कै छन्  height=
उखु कागती र निमका कुरा अर्कै छन् । {{read_more}}

नेताहरू काँचो निमारो या पिंणालु होलान् ?
सुन्तला स्याउ र दारिमका कुरा अर्कै छन् ।

घरकी अर्धाङ्गिनी तारवाला फोन जस्तै रे 
टचस्क्रिन मिम्मोरी र सिमका कुरा अर्कै छन् ।

समाचार आइरहेछन करेन्ट लाग्ला झैं
पत्रकार–तार स्विच र चिमका कुरा अर्कै छन् ।

स्विकार्छु मेचीको कुरा कालीले बुझेन होला !
यहाँ त पाँचथर र फिदिमका कुरा अर्कै छ्न ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x