अमर अधिकारीहर्लिक्स खान मानेनौं भने…
गाउँमा छदा जीतुजी एकदमै दुब्लो र मरनच्याँसे रहेछन् । उनको एकदिनको घटना यस्तरी लेखेछन् ।
मलाई कुनै केटीले मन पराउँदैन थिए । लप पर्ने सम्भावना एकदमै न्यून थ्यो । एकदिन उर्लाबारी बजार घुम्दै गर्दा एउटी युवतिले एकोहोरो हेरेर मुस्कुराइन् । म पनि मुस्कुराएँ ।
उनले म नजिकै आएर ’मेरो घर जाउँ’ भनिन । म उनको घर गएँ । कोठामा पस्ने वित्तिकै दैलो बन्द गरिन् र मलाई खाटमा बसाइन् । अनि मलाई ’तिमी कपडा खोल्दै गर, म भित्र गएर आउँछु ’ भनिन् ।
म नि गदगद भएर आफ्नो ‘लाज छोप्ने’ बाहेक सबै कपडा खोलेर खाटमा बसें उनको प्रतिक्षामा ।
केही बेरमा उनी भित्रबाट निस्किइन् । सँगै एउटा सानो नानी थियो, उनले मतर्फ देखाउँदै नानीलाई भनिन “हेर बाबु ! हर्लिक्स खान मानेनौं भने यस्तै हुन्छौ ।…”
Subscribe
Login
0 Comments
Oldest




































