साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी हिँड्ने बाटोमा

Nepal Telecom ad

‘होला कि ले बुलाकी’ प्रजातन्त्री बनियो
त्यसले पनि भएन क्रान्तिकारी भनियो
‘गणतन्त्र आए त’ स्वर्गै जान्छौं भनेर
मर्दै मार्दै बाँचेका द्यौतै हुन्छौं भनेर ।

त्यतै लाग्यौं हुरीझैं, हुरी ट्याक्कै रोकियो
हाम्रै जीवन ढालेर आँसु मात्रै पोखियो
उसलाई ठूलो भनियो उसलाई सम्मान गरियो
उसको आशा गरियो, त्यसको पाइन हेरियो ।

उसले पनि गरेन, त्यसले पनि भएन
आशा गर्ने बानीचैं हाम्रो जाँदै गएन
सुखशान्ति अरुकै झन् झन् भयो उन्नति
मौका पर्यो कमाए पुस्तौं पुग्ने सम्पत्ति ।

कुरै मात्र दिएर फाइदै मात्र लिएर
सधैं भोज भतेर हाँस्छन् खाए पिएर
सरापेको हौ रै’छ यो देशलाई सतीले
माथि उठ्न गाह्रो छ हाम्रो यस्तो गतिले ।

समस्याको पहाड समाधान नै हरायो
सपना र बिपना करोडौं मन डरायो
समय नै रोकियो यो नेपाली माटोमा
पापी मात्रै हिंड्या’ छन् हामी हिंड्ने बाटोमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x