जीवन ‘पीडित’ दाहालदेशभक्ति
“माँ, अब हामिले पनि देश फर्कनु पर्ने हुनसक्छ रे, हो त ?”– दिनभरी बाहिरफेर घुमेर बेलुकी घर फर्किएको छोराले आमालाइ सोध्यो ।
“पर्दैन”– आमाले भनी र प्रश्न पनि सोधी– “तैंले कहाँ सुनिस र ! बबुवा, यस्तो फाल्तुकुरा ?”
“आज एउटा नेताले भाषणमा आवश्यक पर्यो भने २०६३ सालपछि बाँडिएका सबै नागरिकताको छानबिन हुन्सक्छ भनेर भनेंको थियो नि त !”– केटाले सूचनाको श्रोत खुलायो ।
“नेता पहाडिया थियो कि मधेसिया थियो बेटा ?”– आमा अलि उत्सुक भै छोराका कुरामा ।
“पहाडीया थियो माँ ।”– छोराले भन्यो ।
“धत, लठुवा मधेसिया नेता बोलेको हो र ! डराउँने ? त्यो त इण्डियालाइ घुर्की लगाएको र जनतालाई देखाएको पो त पहाडिया नेताले, साँच्चै छानबिन गर्ने दम भएको भए यति बेलासम्ममा भाषणको सट्टामा हामीलाइ डाँडो कटाइ सक्थे त्यसैले हामीले डराउँनै पर्दैन ।”– आमाले आश्वस्त पार्न खोजी छोरालाई ।
“तै पनि साँच्चै छानबिन गर्न थालिहाले भनें त हाम्रो नागरिकता खारेजीमा परिहाल्छ अनि हामीलाई पनि अप्ठ्यारो पर्न सक्दैन र ? अहिले फेरि नेपालीमा देशभक्ति जागेको बेला पो छ त, आमा !”– छोरो अझै आस्वस्त हुन सकेन आमाका कुरामा ।
छोराको कुरा सुनेर “नेपालीको देशभक्ति !” हा.. हा.. हा..हा.. गर्दै लामो हाँसी आमा चैं र भनी– “लठुवा, पहाडिया मात्र जागेर हुन्छ र ! मधेसिया बेबकुब पनि त जाग्नु पर्यो नि, त्यही पनि हाम्रो राजदूतले नागरिकता छानबिन गरे तुरुन्तै सरकार ढाली दिन्छौं भनेर पहाडियालाई र रोटीबेटीको सम्बन्ध खतम भनेर मधेसियालाई एक–एक कल फोन गर्नासाथ नेपाली देशभक्ति र बहादुरी पिसाब बनेर बग्न थाली हाल्छ नि बेटा तँ किन चिन्ता गर्छस् ?”– आमाले पूर्ण विश्वासका साथ भनी ।
गौरादह– १२, झापा
Subscribe
Login
0 Comments
Oldest







































