साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पर्क हुन सकेन

Nepal Telecom ad

समयको छलाङसँगै थरिथरिका भाँडाकुँडाले पनि सकीनसकी ठोस्सिँदै न ठुस्सिँदै फड्को मारेकै छ । उहिलेका भाँडा र अहिलेका भाँडाले फाट्टफुट्ट मेल खाए पनि विद्युतीय भाँडाका गर्भाधान भएपछि निर्जीवजस्ता लाग्ने भाँडा पनि सजीवजस्तो क्वाँर्र न कुरर्र बोल्न थालेपछि हामी दङ्गदास परेर भुर्र उडौंजस्तो पो हुन्छ त ! बीसौँ शताब्दीले बेस्करी क्रान्ति गरेकै हो भन्ने कुरामा कसैले जतिसुकै आहारिस देखाएर पनि छिप्न सक्दैन । जस्तो कि रेडियो एउटा सुन्ने भाँडो, टेप रेकर्ड अर्को कुरा जम्मा गर्ने र ओकल्ने भाँडो, टेलिभिजन अर्को तिरमिराउने, हेर्ने भाँडो, टेलिफोन अर्को दूर देशमा गफ गर्ने भाँडो । जे होस् जसले जुनी दिए पनि यी विद्युतीय भाँडाहरू भाँडाकै रूपमा प्रयोग भए भने त मज्जा हुन्छ मनभरि । जब त्यही भाँडो घाँडो हुन्छ, तब त्यो आफ्नै गलामा झुण्डिएको एक धार्नीको गाँडोजस्तो हुन्छ । यस्तै छ अचेल नेपालीले पाएको नयाँ टिन्टिनाउने भाँडोको खबर ।

बेलामा भाँडो पाउनेहरू कोठाभरि, चोटाभरि, बाटाभरि भनांै या चुठ्ने बेला लोटाभरि हर्षले गद्गद् भएर आटो पाकेझैँ फतफत पाक्दै मनका काउकुतीलाई कोट्यायौँ पेटैभरि । सुकुमार औंला चुम्बनले चुइँकियो दुईचार दिन गजबसँग मनपरि । त्यसपछि त फोनभित्र कोच्चिएर बसेकी कम्प्युटर बहिनीको सुमधुर स्वरले भरिपूर्ण भयो यो फोन । जब उनले सम्पर्क हुन सकेन भन्छिन्, तब उनीसँग भेट्ने इच्छा जाग्छ, उनको खाप्चो हेरूँ–हेरूँ लाग्छ, थुतुनो जोरूँजोरूँ लाग्छ । बोली त यति मीठो छ भने उनको रूप झन कम मोहनीमय होला ? सायद सुटुक्क चिटिक्क परेर बसेकी होलिन् प्याट्ट प्रेमीलाई कानैमा ट्वाक्क हान्ने तयारीमा । जति पटक नम्बर हाने पनि सुटुक्क भन्छिन् ‘सम्पर्कै हुन सकेन’ एकक्षण पछि प्रयास गर्नुहोला ।

एकक्षण मात्र हो र ? दुई क्षण, तीन क्षण, चार क्षणसम्म प्रयास गर्दा पनि सम्पर्क हुँदैन । बरू फेरि सुमधुर स्वर सुनिन्छ ‘सम्पर्क हुन सकेन, एकक्षण पछि प्रयास गर्नुहोला ।’ दिनैभरि गरे पनि उनको निम्ति एकक्षण भइरहन्छ । यसरी पटकपटक दोहो¥याएर त्यही भनिरहनुभन्दा सम्पर्क नहुँदा बेर मसँग मीठा मीठा मज्जाका गफ गर्नुस् भनेर रल्ल पारिदिए पनि त हुन्थ्यो । सङ्गीतमय बोलीले लठ्ठ पारिदिए त शोक न सुर्ता भोक न भकारी घन्टौंसम्म डकारी डकारी गफ गर्ने थिएँ । कोही वाक्क र दिक्क हुने थिएन । फकाई फुल्याई सारा काम रेल्याइ दिए पनि फरक पर्ने थिएन । गफका गजुर निकालेर जति गलहत्याइदिए पनि हुन्थ्यो ।

हुन त कति जनासँग होला त सम्पर्क ! त्यस्ती मृदुवाणी युक्त, मधुर स्वरकी धनी यी बैनीको पछाडि त बडेमानका हजारौँ हजार, खाई नखाई, भ्याई नभ्याई सौन्दर्य वर्णनमा मस्त होलान्, सर्वसाधारणसँग केको सम्पर्क होस् हँ ? तर जे होस् बानीचाहिँ गजबै रै’छ । सम्पर्क नहुने तर बोलिरहने, स्रोत प्राप्त नहुने, तर जिस्काइरहने, नम्बरै नमिल्ने, तर कराइरहने यी बहिनीको त सम्पर्कै हुन सकेन, मेरो पनि दजर्नौंं पटक प्रयास गर्दा सम्पर्क हुन सकेन । म त आत्तिएँ, छट्पटाएँ, मर्न थालेँ ल भन्नुस्, यी कसकी छोरी होलिन् हँ ? म के गरूँ सम्र्पक हुन सकेन । ल तपाईंले भेटेमा सम्पर्क गर्ने ठेगाना यही तल झुण्ड्याइदिएको छु, तु तानेर दिनुस् ल ! अस्तु

रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x