साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी महिमा

Nepal Telecom ad

 

के भन्नु खै घाउमात्रै, कोट्याउने हुन्छ साथी ।
जैलेसुकै छिद्र खोजी, होच्याउने हुन्छ साथी ।

भन्दै सधैं गर्छु केही, नौलो कुनै जाल थाप्ने,
भेडैसरी घाँस राखी, लोभ्याउने हुन्छ साथी ।

जप्ने सधैं मित्रगाथा, राख्ने सधैं मित्रभावै,
तीखो छुरी मर्म ताकी, सोझ्याउने हुन्छ साथी ।

ठान्ने उँचो मात्र आफै, भन्दै सबै हुन् र के नै,
भन्दै सदा भाइ गल्ती, चोख्याउने हुन्छ साथी ।

खै को छ त्यो काँध थाप्ने, पर्दा कुनै जिन्दगीमा,
थोरैजसो भावना त्यो, ओछ्याउने हुन्छ साथी ।

खलंगा ९, सल्यान
हालः मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x