साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्रीमा छ

Nepal Telecom ad

सानो ठूलो पद बिक्रीमा छ
सानो ठूलो कद बिक्रीमा छ
इमान जमान सबै बिक्रीमा पर्यो
अलकिति आत्मा थियो
त्यो पनि लोभको सिक्रीमा पर्यो ।

कसरी बिश्वास गरौं कसको
वाद सिद्धान्त र आदर्शहरू मरेका बेला
अनि कसको बिश्वास गरौं
आफ्नै आत्मा धरौटी परेका बेला
मुर्छित छ इमान पनि
कसाइका हातमा बेचिएको पाठो सरह
जमानको के कुरा गरौं ?
बीच सडकमा पसारा परेको छ बेहोस भएर
बोल्न मन छैन मुखलाई
जिब्रो हलचल गर्दैन झुटो बोल्न
किनभने इमानको मन भाँचिएको छ
जमानको आत्मा कुँडिएको छ ।

हेर्नु होस् त बजारमा
सानो ठूलो पद बिक्रीमा छ
सानो ठूलो कद बिक्रीमा छ ।
अनि,
अनि त
गल्लावाल गाउँटोल घुमिरहेछ
छाति नाप्नु नपर्ने
उचाई जाँच्नैं नपर्ने
लाइन लागेर उभिएको छ इमान
मुख पो मिठ्याउँदैछ जमान ।

झुटो साँचोको मतलब छैन
भक्ष अभक्ष भेद छैन
सब एकनास छ
अब के बाँकी रहला र ?
आँखा बिक्रीमा छ
भाखा बिक्रीमा छ
कान बिक्रीमा छ
सान बिक्रीमा छ
कालोसेतो केश बिक्रीमा छ
बाँकी रहेको इज्जतको शेष बिक्रीमा छ
गजुर बिक्रीमा छ
मैले मानेको मेरो हजुर बिक्रीमा छ
त्यसैले त गल्लावाल घरघर घुम्दैछ
त्यसैले त गल्लावाल सिंहदरबार घुम्दैछ ।

७ बैशाख २०७३
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x