साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
पाउनु सँगै गुमाउनुको खेल हुन्छ अचेल
समान धु्रव एक आपसमा मेल हुन्छ अचेल
त्याग तपस्या समर्पण छ पिरतिमा यहा“
बढी त्याग गर्ने मान्छे फेल हुन्छ अचेल ।

२.
थोरै गर राम्रो गर देखे जति सब नगर
राम्रोस“ग पढ्ने भए क्याम्पस छोडी जब नगर
यता ज्यान उता ध्यान गाह्रो पर्छ सफल हुन
मन साह्रै वहकाउ“छ पढ्ने बेला लब नगर ।

३.
जोगीहरू शरीरभरि खरानी घसेर माग्छन्
भोकानाङ्गा कङ्गालहरू सडक छेउमा बसेर माग्छन्
नहुनेले माग्नु ठिक हो, हुनेले खै किन माग्छन्
हुनेखाने धनीहरू मन्दिरभित्र पसेर माग्छन् ।

४.
आऊ न खेलौं राजनीति खेल कस्तो दामी छ
सत्ता चढ्न दुश्मनस“ग मेल कस्तो दामी छ
सर्वहारा क्रान्तिकारी नेताज्यूलाई भेट्न गयौ
महल बस्छ गाडी चढ्छ अचेल कस्तो दामी छ ।

मुरू– ३, रूकुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x