साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खञ्चुवा

Nepal Telecom ad

बिहान उठ्यो चिया खायो, नास्ता खायो, खाना खायो,
खाजा खायो, चिया खायो फेरि खाना खायो,
दिनभरिमा दसफेर खायो,
ढ्याउ गर्यो, बल्ल अघायो, निदायो ।
सधैँ डुल्ने हरिलठ्ठक बुद्धि हेर हेर,
भोक लाग्छ तीनफेर खान्छ दशफेर ।

एउटा भन्छ, मलाई लास्ट गाँस भन्दा बढी रुच्दैन,
उसले भन्यो मलाई त त्यतिले नि पुग्दैन ।
जब भुँडी भुइँतिर झुक्छ अनि पुग्छ रे
लास्ट गाँस खाएपछि पनि दुईतीन गाँस बढी रुच्छ रे ।

ससुराली गई श्राद्ध खान्छ, भुँडी फुट्ने गरी ,
खाँदाखाँदै ढ्याउ गर्छ धर्ती फुट्ने गरी ।
खान्न–खान्न लोकाचारझैँ,
कहिले पेटै अटेसमटेस, खान्छ धेरैधेरै,
कहिले अरु खान्छन्, मेख मारी ऊचाहिँ हेर्याहेर्यै ।

कुबेरकोमा गणेश आएझैँ भुँडी हल्लाउँदै आउँछ,
तीनपाथीको भात त ऊ एक्लैले बुत्याउँछ,
काम गर्न सक्दिनँ बरु निदाउँछु भन्छ,
म कलियुगको कुम्भकर्ण उ आफैँले भन्छ ।

दुश्मनलाई एक मुक्कामा नै ढाल्छु भन्यो
तीन थाल भात खाएपछि ऊ आफै ढल्यो ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x