साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुइलालका दुई ठट्यौली

Nepal Telecom ad

१. जतिसुकै बजोस्
एउटा बूढो मान्छेसँग तुइलालले बुबा कति बज्यो भनेर सोधेछ ?

बूढो मान्छे : हेर बाबु, म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ, समय बताउन ।

तुइलाल : कस्तो समस्या ?

बुढो मान्छे : आज मैले तिमीलाई समय बताए भने दैवसन्जोग फेरि हाम्रो भेट होला कहीं–कतै, अनि तिमीले ओह ! हो, त्यो त मलाई समय बताइदिने मान्छे हो भनेर नजिक आएर बोलौला, अनि परिचय पनि होला हाम्रो । फेरि कुनै दिन तिमी मेरो घरको बाटो कतै हिँडौला, अनि मेरो याद आउला, ओहो त्यो मान्छेको घर त, यही टोलमा हो भनेर घरसम्म पनि आउला, अब घर आएको मान्छेलाई चिया–पानी पनि सोध्नु नै पर्यो, मेरी छोरीले चिया पानी लिएर आउली, तिमीहरू बीचमा पनि परिचय होला, तिमी पनि तन्नेरी, मेरी छोरी पनि तरुनी, आपसमा सम्बन्ध बढ्दै जाला, दिनदिनै फोनमा कुरा पनि होला, माया प्रेम होला र तिमीले मेरी छोरीको हात माग्न मेरो घर पनि आउला तर… ?

तुइलाल : तर के ?

बूढो मान्छे : तर यो जमानामा एउटा हातमा घडी पनि नहुने तिमी जस्तो कंगाललाई म आफ्नी छोरी दिन्नँ, त्यसैले म अहिले समय पनि बताउन सक्दिनँ । जतिसुकै बजोस्, मलाई के खाँचो !

२. गणितमा कमजोर
तुइलालको विवाह भएको ३ महिनामै छोरो जन्मिएछ ।

तुइलाल : अरे यार ! ३ महिनामै कसरी छोरा भयो ?

श्रीमती : तपाईंको विवाह भएको कति भयो ?

तुइलाल : ३ महिना ।

श्रीमती : अनि मेरो विवाह भएको कति भयो ?

तुइलाल : ३ महिना ।

श्रीमती : छोरा कति महिनामा भयो ?

तुइलाल : ३ महिनामा ।

श्रीमती : सबै गरेर कति महिना भयो ?

तुइलाल : ९ महिना ।

श्रीमती : अनि के त ? गणितमा त तपाईं कमजोर है ?

तुइलाल : ओहो, यार हो त है ! नौ महिना गैसकेछ, कस्तो समय गा’को त पत्तै नभा’को ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x