भूवनहरि सिग्देलदोस्रो बिहे
छोरा ! भिर्न कपालमाथि दुइटा नाम्ला हुँदै हुन्न है
बाबाको उपदेशमै दृढ थिएँ थाप्लो दुखाउन्न है
जेठीकै अनुरागमा रहरका पानाहरू लेख्तथेँ
छामी कोमल केशराशि सुखले आकाशमा डुल्दथेँ ।
आँखामा यदि आइनन् हृदयमा ज्वालामुखी फुट्तथे
पाएँ साथ भने म विश्वभरका रोमाञ्चमा जुट्तथेँ
जेठीकै मधुमासमा म रतिएँ आधा शताब्दीतक
ढल्दो प्रौढ उमेरमा मधुमती अर्की भइन् सम्मुख ।
बाला चञ्चल मोहिनी दिल पसिन् बिर्सेँ पिताका कुरा
देखाएँ मन भावना लचकता खेले नयाँ पालुवा
सोध्थेँ—प्रौढ विवाहिते पुरुषको के साथ दिन्छ्यौ तिमी ?
फिर्दैनन् बहकाउमा प्रणयका अध्याय नौला घुमी ।
हासिन् मुस्मुस लालसा अझ भरिन्—बूढो हुने हो पन
यै आलिङ्गनमा सजाउँछु म ता संसार वृन्दावन
मैले बन्धु भुलेँ परिस्थिति भुलेँ दायित्व नाता भुलेँ
वाचा दुःख अभाव घाउ गहिरा बिर्सेर आफैँ भुलेँ ।
भोकाएँ अनुभूति छैन यसको तिर्खाउँदा जानिनँ
जेठी पेच लगाउँथी विरहिणी सम्झाउँथी मानिनँ
आफ्ना मानिस काट्तथे कति कुरा यो के गरेको भनी ?
यो सारा परिवार खण्डित भयो बूढो जवानी बनी ।
मेरा जीवन मोडमा प्रियतमा आइन् भरिन् मोहनी
छ्याङ्गै रात बितेर गो रस भरी सम्वाद गर्दा पनि
जेठीको शुभनाम सोध कविजी † निद्रा पियारी थिइन्
कान्छी गै दिलभित्र चारु कविता झिर्नो बनाइदिइन् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































