साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोस्रो बिहे

Nepal Telecom ad

 

छोरा ! भिर्न कपालमाथि दुइटा नाम्ला हुँदै हुन्न है
बाबाको उपदेशमै दृढ थिएँ थाप्लो दुखाउन्न है
जेठीकै अनुरागमा रहरका पानाहरू लेख्तथेँ
छामी कोमल केशराशि सुखले आकाशमा डुल्दथेँ ।

आँखामा यदि आइनन् हृदयमा ज्वालामुखी फुट्तथे
पाएँ साथ भने म विश्वभरका रोमाञ्चमा जुट्तथेँ
जेठीकै मधुमासमा म रतिएँ आधा शताब्दीतक
ढल्दो प्रौढ उमेरमा मधुमती अर्की भइन् सम्मुख ।

बाला चञ्चल मोहिनी दिल पसिन् बिर्सेँ पिताका कुरा
देखाएँ मन भावना लचकता खेले नयाँ पालुवा
सोध्थेँ—प्रौढ विवाहिते पुरुषको के साथ दिन्छ्यौ तिमी ?
फिर्दैनन् बहकाउमा प्रणयका अध्याय नौला घुमी ।

हासिन् मुस्मुस लालसा अझ भरिन्—बूढो हुने हो पन
यै आलिङ्गनमा सजाउँछु म ता संसार वृन्दावन
मैले बन्धु भुलेँ परिस्थिति भुलेँ दायित्व नाता भुलेँ
वाचा दुःख अभाव घाउ गहिरा बिर्सेर आफैँ भुलेँ ।

भोकाएँ अनुभूति छैन यसको तिर्खाउँदा जानिनँ
जेठी पेच लगाउँथी विरहिणी सम्झाउँथी मानिनँ
आफ्ना मानिस काट्तथे कति कुरा यो के गरेको भनी ?
यो सारा परिवार खण्डित भयो बूढो जवानी बनी ।

मेरा जीवन मोडमा प्रियतमा आइन् भरिन् मोहनी
छ्याङ्गै रात बितेर गो रस भरी सम्वाद गर्दा पनि
जेठीको शुभनाम सोध कविजी † निद्रा पियारी थिइन्
कान्छी गै दिलभित्र चारु कविता झिर्नो बनाइदिइन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x