साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी अझ हुनगए

Nepal Telecom ad

अल्छे आशे निशदिन यता फर्किने थोर देखें,
नेपालीकै हिमशिखरमा फक्रिने धेर देखें ।
मेरा बाबा ! अझ गरिदिनोस् औषधी खाद्य बन्ध,
नाकाबन्दी अझ हुनगए हुन्छ नेपाल दक्ष ।{{read_more}}

बिर्सेलान् वा अलिकति दया फेरि पर्ला कि गर्नु,
हेप्दा राम्रो अझ हुनगयो पर्छ होला कि हेप्नु ।
हिन्दुस्तानी सब जन मिली देश नेपालमाथि
नाकाबन्दी जति जति गरौं पुग्छ नेपाल माथि ।

पाकिस्तानी सम नजरले हेर्नु होला कि राम्रो,
बाटो छेकी निशदिन अझै लुट्नु होला कि राम्रो ।
वाक्कै हुन्थे पर मुलुकको आश छोड्थे सबैले,
फर्की आफ्नै हिम गिरि नदी पुज्नथाल्थे सबैले ।

चौड़ा बाटा शहरभरि नै द्रूतगामी हुँदैछन,
बाँझा बारी चउर र गरा धानबाला झुलेछन् ।
पैलै भन्दा मुलुक अहिले स्वावलम्बी भएछ,
नाकाबन्दी अझ हुनगए बन्छ नेपाल दक्ष ।

फर्की आएँ निज भवनमा देश नेपालदेखि,
राम्रो लाग्यो बहुत दिनमा देश नेपाल देखी ।
मान्छे आयो दिल मन उतै लाग्छ नेपालमाथि,
नाकाबन्दी अझ गरिदिए पुग्छ नेपाल माथि ।

८ नोभेम्बर २०१७
स्थानस्सिलगड़ी (हाल भारत)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाटक

नाटक

कनकधारा स्वामी स्वदेशानन्द
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x