सुलसुलेभानुको पुरस्कार घोषणा

भानु मासिकको प्रकाशनले विगतदेखि नै प्रदान गर्दै आएको भानु उत्कृष्ट रचना सम्मान–२०७४, भानु–भवानी पत्रकारिता पुरस्कार–२०७४ र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार–२०७४को घोषणा गरेको छ ।
भानु उत्कृष्ट रचना सम्मान समालोचनालाई दिइने निर्णय बमोजिम भानु मासिकको अङ्क १९८मा प्रकाशित डा. देवी नेपालको खोजमूलक समालोचना ‘नेपाली कवितामा शास्त्रीय छन्दको प्रयोग : परम्परा, सम्भावना र चुनौतिहरू’लाई दिइने भएको छ ।
त्यसै गरी भानु–भवानी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा समालोचक अच्युतरमण अधिकारीलाई र भानु–कस्तुरा सङ्घर्षशील नारी पुरस्कार शान्ता मानवीलाई दिइने निर्णय भएको छ । यी पुरस्कारहरू भानु प्रकाशनको वार्षिकोत्सवको उपलक्ष्यमा मङ्सिर १७ गते आइतबार वितरण गरिने छ ।
Subscribe
Login
0 Comments
Oldest












































