साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोक्रो राष्ट्रियता

Nepal Telecom ad

को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि
उस्तै हो गणतन्त्र, लोक अथवा जे ’तन्त्र’आए पनि 
नेपाली जनता सहीकन बसे साह्रै बिचल्ली हुँदा
आई को अब आँसु पुच्छ र यहाँ नेपाल आमा रुँदा ।{{read_more}}

सत्ता बाहिर गर्जने तर तिनै सत्ता चढे लापता
खाली पेट अभावका समयमा को भन्छ स्वाधीनता 
हाम्रा शासकको रिमोट छ उता उफ्र्यो, करायो, झुक्यो
खोक्रो राष्ट्रियता झुक्यो धनुषझैँ, नेपाल सारा दुख्यो ।

नेपाली जनता सहेर रहने ’भोगी’हरू फेरिने
जो आए पनि उग्र भाषण दिने कुर्सी मिले बेरिने 
बोली मात्र मिठो भएर जनको फेरिन्न रे तक्दिर
खोक्रो राष्ट्रियता अपाङ्ग र लुलो भै लत्रियो आखिर ।

कौवा शोक न हर्ष मान्दछ अरे यी बेल पाके पनि
हामी धीर भएर ’हुन्छ कि’ भनी पर्खेर थाके पनि ।
हाम्रो जीवन कष्टपूर्ण छ अझै जाने कहाँ फर्किई
भोको पेट कसेर बस्छ जनता स्वाधीनता पर्खिई ।

कैले बाघ बनेन स्याल वनमा ओढेर छाला तर
हुन्छन् धीर, सचेत नागरिक झन्, नेताहरू काँतर ।
राखे शासकले मिलेर अहिले यो देश नै बन्धकी
शङ्का लाग्छ बुझाउँछन् कि यिनले यो देश अन्तै लगी ?

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x