साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म जोइटिङ्ग्रे हुँ

Nepal Telecom ad

मैले एउटीलाई मन पराएँ
उनीसँग प्रेम गरेँ
र उनीसँगै विवाह गरेँ
अहिले यतिका वर्षसम्म पनि
म उनीसँगै बसेको छु
जीवनभरि बस्ने छु {{read_more}}
मैले अरूले जस्तो श्रीमतीलाई आफ्नो खुट्टा ढोगाउन सकिनँ
बाहिर अर्कै राखेर मुखले ठिक्क पार्न सकिनँ
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्र्रे भन्छौ ।

उनको आँखामा आँसु आउँदा
मेरो आँखाबाट पनि आँसु खस्छ
उनलाई घाउ हुँदा
मलाई पनि दुख्छ
उनको प्रशन्नतामा म पनि प्रशन्न हुन्छु
उनको र मेरो थकाइ मार्ने मझेरी एउटै हो
निदाउने सिरानी एउटै हो
उनको र मेरो घाम एउटै हो
उनको र मेरो जून एउटै हो
ताराहरू पनि एउटै हुन्
नदीहरू पनि एउटै हुन्
हामीले पानी खाने कुवा पनि एउटै हो
हाम्रो गन्तव्य पनि एउटै हो
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्र्रे भन्छौ ।

मैले खाना पकाउँदा
उनी भाँडा माझ्छिन्
उनले खाना पकाउँदा
म भाँडा माझ्छु
मैले घर सफा गर्दा
उनी लुगा धुन्छिन्
उनले घर सफा गर्दा
म लुगा धुन्छु
म घाइते हुँदा उनी मेरो औषधिपानी गर्छिन्
उनलाई ज्वरो आउँदा म उनको मलमपट्टी गर्छु
सायद त्यसै भएर होला
तिमी मलाई जोइटिङ्ग्रे भन्छौ ।

म अरूले जस्तो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x