सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फक्रिएको जिन्दगीमै

Nepal Telecom ad

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ । height=
मायाप्रीति गाँस्न जाने जैले पनि मस्ती हुन्छ 

मान्छ बुढो भन्नु मात्रै मन बुढो कहाँ छ र ?
सक्नेले त सकिहाल्छ असी पछि स्वयम्वर
बैँस जति धेरै पाक्यो उति मिठो हुँदो रैछ
परिपक्क वैंसले त भित्रैसम्म छुँदो रैछ ।

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ 
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

सौन्दर्यको अङ्ग भन्दा रङ्ग धेरै राम्रो हुन्छ 
तन हेर्ने अरुले हो, मन मात्रै हाम्रो हुन्छ 
सबै भन्दा मिठो बैंस हिजो आज पाएको छु
तन्नेरीले भन्दा पनि मिठो माया लाएको छु

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

केश फुल्नु बुढो हैन, बसन्तले छोएको हो
वासनाको कालो रङ्ग बैँसले नै धोएको हो 
नपत्याए वासन्तीले बोलाएझैँ डाकी हेर
अधरमा टप्किएको मधुमास चाखी हेर ।

फक्रिएकोे जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

तिम्रै जस्ता कर्के आँखा मेरा पनि हेर्ने गर्छन्
रूपबाट रस चुसी मिठो स्वाद फेर्ने गर्छन्
माया नाप्ने मुटु नै हो, अर्को कुनै मानु छैन
मेरो माया नापी हेर कुनै भन्दा सानु छैन 

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

उकालो छ जिन्दगानी जति उक्ल्यो प्यास लाग्छ
तिमीसितै सर्वत छ देखे पछि आब लाग्छ
अङ्ग अङ्ग गले पनि मनले नै प्यनु सक्छ    
जसले जति बैंस पियो उति धेरै ज्युन सक्छ 

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

फुलेकाे जवानीबाट
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने