साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फक्रिएको जिन्दगीमै

Nepal Telecom ad

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ । height=
मायाप्रीति गाँस्न जाने जैले पनि मस्ती हुन्छ 

मान्छ बुढो भन्नु मात्रै मन बुढो कहाँ छ र ?
सक्नेले त सकिहाल्छ असी पछि स्वयम्वर
बैँस जति धेरै पाक्यो उति मिठो हुँदो रैछ
परिपक्क वैंसले त भित्रैसम्म छुँदो रैछ ।

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ 
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

सौन्दर्यको अङ्ग भन्दा रङ्ग धेरै राम्रो हुन्छ 
तन हेर्ने अरुले हो, मन मात्रै हाम्रो हुन्छ 
सबै भन्दा मिठो बैंस हिजो आज पाएको छु
तन्नेरीले भन्दा पनि मिठो माया लाएको छु

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

केश फुल्नु बुढो हैन, बसन्तले छोएको हो
वासनाको कालो रङ्ग बैँसले नै धोएको हो 
नपत्याए वासन्तीले बोलाएझैँ डाकी हेर
अधरमा टप्किएको मधुमास चाखी हेर ।

फक्रिएकोे जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

तिम्रै जस्ता कर्के आँखा मेरा पनि हेर्ने गर्छन्
रूपबाट रस चुसी मिठो स्वाद फेर्ने गर्छन्
माया नाप्ने मुटु नै हो, अर्को कुनै मानु छैन
मेरो माया नापी हेर कुनै भन्दा सानु छैन 

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

उकालो छ जिन्दगानी जति उक्ल्यो प्यास लाग्छ
तिमीसितै सर्वत छ देखे पछि आब लाग्छ
अङ्ग अङ्ग गले पनि मनले नै प्यनु सक्छ    
जसले जति बैंस पियो उति धेरै ज्युन सक्छ 

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

फुलेकाे जवानीबाट
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x