साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव स्मृति सम्मान धुर्मुस सुन्तलीलाई

Nepal Telecom ad

हेटौडा, २०७४ मङ्सिर १६ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपालको संयुक्त तत्वावधानमा “भैरव स्मृति सम्मान २०७४“ धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरियो । height={{read_more}} हास्य कलाकार सीताराम कट्टेलले २११११ र सम्मानपत्र ग्रहण गर्दै हरेक नेपालीको मनलाई एकीकरण गर्न आफ्नो वस्ती विकास यात्रा सञ्चालन गरेको कुरा बताए । 

उक्त समारोहमा आख्यानकार डा.सुधा त्रिपाठीलाई प्रमुख अतिथि बनाइएको थियो भने भैरव अर्यालका सुपुत्र डा.दीपक अर्याललाई विशेष अतिथि बनाइएको थियो । सङ्गमका अध्यक्ष निमेष निखिल सभापतिको भूमिकामा थिए र आनन्दराम पौडेल, तुलसी थापा, नवराज शर्मा, आरआर चौलागाईं, आरसी रिजाल, साम्ब ढकाल, बद्रीप्रसाद खतिवडा, सुवास खनाल, देवराज खरेल, तीर्थदेवी सिलवालको आतिथ्यता रहेको कार्यक्रममा आँचल साक पुञ्जका अप्सरा तिमिल्सिनाले स्वागत मन्तव्य र सङ्गम उपाध्यक्ष अनिता न्यौपानेबाट भैरव अर्यालको कविता वाचन भएको थियो । कार्यक्रमलाई सङ्गमकै सचिव उमेश तिमिल्सिनाद्वारा सञ्चालन गरिएको थियो ।

आँचल साहित्य कला पुञ्जले महिला हिंसाको १६ दिने अभियान अन्तर्गत कवि गोष्ठी सञ्चालन गर्ने भएको छ । साथै यसै कार्यक्रममा व्यङ्ग्यकार राजकुमार लामिछानेको ञ पुतलाको पावर (हास्य व्यङ्ग्यको कृति सार्वजनिकीकरण भयो । समसामयिक १६ थान हास्यव्यङ्ग्य रचना समावेश यस कृतिलाई सुधा त्रिपाठी लगायत अतिथिबाट सामूहिक सार्वजनिकनिजीकरण गरिएको थियो ।

स्रोत : साम्व ढकाल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x