साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसासद्वारा नयाँघरे सम्मानित

Nepal Telecom ad

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गर्यो । height={{read_more}} समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । 

समारोहमा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनका डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधान लगायतले नेपाली साहित्य र सिड्नीको सिर्जनात्मक वातावरण बारे बोल्नु भएको थियो ।

मन्तव्यको क्रममा अष्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो । 

उक्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गर्नु भएको थियो । 

सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरूको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गर्नुभयो । नयाँघरेले भन्नु भयो– अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ । 

समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रम अत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्न भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x