साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

१. जनताको लागि height=

मैले हत्केलामा राखेर खैनी माँडेको– जनताको लागि
चुनावमा रक्सी र पैसा बाँडेको– जनताको लागि {{read_more}}
सालोलाई सल्लाहकार बनाएको– जनताको लागि
पीच गरिनसक्दै सडक फेरि खनाएको– जनताको लागि
०००
मैले छोरो अमेरिका पढ्न पठाएको– जनताको लागि
मैले पशुपतिमा गाँजा चढाएको– जनताको लागि
नेपाल बन्द गरेर टायर डढाएको– जनताको लागि
विकास बजेट पचाएर भुँडी बढाएको– जनताको लागि
०००
सार्वजनिक जग्गा मिचेर घर बनाएको– जनताको लागि
मैले मेरो जन्मदिन मनाएको– जनताको लागि
०००
मैले बिहेमाथि अर्को बिहे गरेको–जनताको लागि
मेरो अनुहार चुस्स परेको– जनताको लागि
मेरो लागि त के नै गर्नु छ र ?
१२ महिनाको वर्षमा १३ महिना विदेश भ्रमणमा जान्छु ।
एककप चिया पनि जनताकै पैसाले खान्छु
०००
जनताको लागि केही गर्न नसक्नेहरु सहीद भएर गए ।
म बाँचेको पनि जनताकै लागि हो ।

सात पुस्तालाई पुग्ने गरी सम्पत्ति साँचेको पनि जनताकै लागि हो ।

२. अनि मैले दाह्री पालेँ

म किसान हुँ, पाल्ने मेरो पेसा हो ।
राँगो पालें– मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो ।
भैंसी पालें– सुन्दरी प्रतियोगितामा भाग लिन गयो ।
कर्मचारी पालें– भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो ।
नेता पालें– आफूलाई राजा बनाउँदै ल्यायो ।
सरकार पालें– गर्नुपर्ने काम एउटै गरेन, नगर्नुपर्ने काम सबै र्गयो ।
सुरक्षाकर्मी पालें– सुरक्षा नदिउञ्जेल जिउँदै थियो मान्छे । 
उसले सुरक्षा दिनेवित्तिकै मर्यो ।
पाल्ने जन्तु कुनै नपाएपछि
एउटा नयाँ कदम चालेँ ।
अनि मैले दाह्री पालेँ ।

३. गणतन्त्र ल्याएर मात्रै पुग्दैन

त्यसलाई ड्रेस बनाएर लाउन
सूचीकारकहाँ गएर छेकाउनुपर्छ ।
टीको लगाइदिँदा जनतालाई घुँडा टेकाएर मात्रै पुग्दैन
टाउको समेतै टेकाउनुपर्छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x