सुलसुलेशैली साहित्य समाजको द्वैमासिक शृङ्खला

काठमाडौं, ०७५ पुस ७ । शैली साहित्य समाजको द्वैमासिक साहित्यिक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । {{read_more}} साहित्यकार एवम् सञ्चारकर्मी नरनाथ
लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशेष अतिथि हुनुहुन्थ्यो स्रष्टा डा. विदुर चालिसे । समाजकी अध्यक्ष मञ्जुश्री प्रधानको अध्यक्षता रहेको कार्यक्रमलाई लुइँटेलद्वारा पानसमा दीप प्रज्वलन गरी आरम्भ गरिएको थियो ।
वाचित सिर्जनाहरूको समीक्षा गर्दै लुइँटेलले शैली समाजको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताउनु भयो । उहाँले “राज्यका साहित्यिक निकायहरूमा सरकारले मनोनयन गर्दा सम्बन्धित स्रष्टाहरूको योगदान र विशिष्टता पहिचान नगर्दा ती निकायहरूप्रतिको विश्वसनीयता र लोकप्रियतामा आँच आउने खतरा रहने स्थिति आउन सक्छ” भन्नु भयो ।
कार्यक्रममा स्रष्टाहरू झण्डै दुई दर्जन स्रष्टाहरूले आफ्ना कविता, गजल, गीत र मुक्तक प्रस्तुत गरेका थिए । सिर्जना प्रस्तुत गर्ने स्रष्टाहरूमा बैरागी जेठा, निर्मल पराजुली, शैलेन्द्रकुमार शाह, दुर्लभ त्यागी, लक्ष्मी गिरी, शान्ति शर्मा, मुना खतिवडा, धर्मानन्द भट्ट, निशा केसी, पुष्पा भट्ट, पितममान शाक्य, राजकाजी, डा. विदुर चालिसे, रुद्र अधिकारी, रवीन्द्र आशिस, लक्ष्मी बस्नेत, डिल्लीप्रसाद मुलतिहुन आदि हुनुहुन्थ्यो ।
डा. विदुर चालिसेले शैली साहित्य समाजको सक्रियता र निरन्तरता उल्लेख्य पक्ष रहेको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरताका निम्ति शुभेच्छा जाहेर गर्नुभयो ।
कार्यक्रममा सहभागी हुने सबै स्रष्टा द्रष्टा व्यक्तित्वहरूमा धन्यवाद ज्ञापन गर्दै शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान के.सी.ले कार्यक्रम समापन गर्नु भएको थियो ।
स्रष्टा डिल्लीप्रसाद मुलतिहुनले प्रतिक्रियात्मक टिप्पणी गर्दै स्वादिष्ट किसिमले कार्यक्रमको सुसञ्चालन गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































