साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको गीति शृङ्खला

Nepal Telecom ad

२०७५ पौष २१ गते शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको सतहत्तरौँ रचना वाचन सम्पन्न भयो । {{read_more}} प्रतिष्ठानले कार्यक्रमको  height=आकर्षण बढाउन हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको नवौँ महिनामा गीत विधाको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति थियो । संस्थाका अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीको अध्यक्षतामा गीत वाचन भव्य रूपमा सम्पन्न भयो । 

सो अबसरमा रचना वाचन गर्नेमा निर्मल पराजुली, श्रीधर पौडेल, बिनुबाबा घिमिरे, कालीचरण बस्नेत, जगदीश्वर पोखरेल, पूर्णप्रसाद पन्त, भाग्यशाली अधिकारी, सूर्यकुमार पण्डित, बालकृष्ण सुवेदी, जनकराज अधिकारी, दुर्गा रिमाल, सानु शर्मा, लक्ष्मी बस्नेत, पुरुषोत्तमप्रसाद अधिकारी, डा.बमबहादुर थापा जिताली, लक्ष्मीप्रसाद मिश्र, पुरुषोत्तम सिग्देल, महेशप्रसाद रिमाल, मुकुन्द न्यौपाने, बेनीबहादुर थापा, दिल्लीराज अर्याल, शीतल गिरी, हृदयपाणि अधिकारी, सुधा बास्कोटा ढकाल, चन्द्रप्रकाश बुढामगर, अनिता भण्डारी, शारदा गौतम, रीता खतिवडा, प्राज्ञ बेटी बज्राचार्य, तारानाथ शर्मा, दुर्गाप्रसाद अर्याल, गोपाल ढुङ्गाना र ढुण्डीराज अर्याल हुनुहुन्थ्यो । 

संस्थाका महासचिव जगदीश्वर पोखरेलले अनुपमले स्वागत मन्तव्य दिदै हरेक महिनामा फरक विधामा रचना वाचन गराएर नयाँ कार्यको थालनी गरेको बताउनुभयो । संस्थाले फरक विधामा रचना वाचन कार्यलाई निरन्तरता दिने छ । हेमन्त ऋतुको कहर सहेर रचना वाचन कार्य सफल बनाइ दिनु भएकोमा सहभागी स्रष्टाहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो । संस्थाका सचिव जितु खड्काले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

–जगदीश्वर पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x