सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुख्याचा

Nepal Telecom ad

बुख्याचा height=
दोबाटोमा ठडिएर बाटो रोक्न थालेको छ
आँगनमा उभिएर घाम छेक्ने गरेको छ {{read_more}}
घरकैे छानोमाथि पनि बस्न थालेको छ ।
यस अर्थमा
भित्र बाहिर
तल माथि
पूर्व पश्चिम
र दक्षिण चारैतर्फ
हिजोआज
म बुख्याचा मात्र देख्न थालेको छु ।
आश्चर्य छ
बुख्याचा
घुम्ने मेचमाथि बसेर
सोझा मान्छेलाई मीठो सपना देखाइरहेछ
गरीबलाई रसिलो आश्वासन दिइरहेछ । 
अर्को आश्चर्य !
बुख्याचाले देशको सीमाना देखेकै छैन
बुख्याचाले देशको इतिहास पढेकै छैन
बुख्याचाले देशको भूगोल नापेकै छैन ।
बास्तवमा
आँखा नभएको
कान नभएको

मन पनि नभएको
बुख्याचाबाट आशा गर्नु पनि बेकार हो ।
आखिर ऊ बुख्याचा न हो
अनि किन गर्छ ज्यूँदा मान्छेको रखवारी ?
अनि किन गर्छ शत्रुहरूलाई खबरदारी ?

बुख्याचा
हिजोआज
खेतबारिको रखवारी गर्न छोडेर
टुँडिखेल र सिंहदरबार वरिपरि
प्रातःभ्रमण गर्न थालेको छ
शहर मात्र होइन
गाउँका सडक र गल्लीगल्लीमा
दिनरात परेड खेल्न थालेको छ ।
साँच्चै, मेरो वर्तमान बुख्याचामय भएको छ
तेसैले आउनुस् महाशय
अब हामी सबैले
बुख्याचाको गुणगान गाऊँ
बुख्याचाको अभिनन्दन गरौं
उसलाई बग्गीमा राखेर शहर पत्रिक्रमा गराऔं
उसको प्रशँसामा गीत गाऊँ
र प्रशस्ति सुनाऊँ ।
बुख्याचा शक्तिशाली छ
बुख्याचा बलशाली छ
हिजोआज बुख्याचा
निर्मलाहरूको बलात्कार गर्न सिपालु छ
उखुबारीमा अम्बा टोक्दै ताण्डवनृत्य गरिरहेछ
र यो बर्तमान
बुख्याचाको ताण्डवनृत्य हेरेर हाँसिरहेछ !
बुख्याचाको ताण्डवनृत्य हेरेर रमाइरहेछ !! 

असोज १५, २०७५
टिकाथली, ललितपुर ९८४१४११३९३

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही