साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुख्याचा

Nepal Telecom ad

बुख्याचा height=
दोबाटोमा ठडिएर बाटो रोक्न थालेको छ
आँगनमा उभिएर घाम छेक्ने गरेको छ {{read_more}}
घरकैे छानोमाथि पनि बस्न थालेको छ ।
यस अर्थमा
भित्र बाहिर
तल माथि
पूर्व पश्चिम
र दक्षिण चारैतर्फ
हिजोआज
म बुख्याचा मात्र देख्न थालेको छु ।
आश्चर्य छ
बुख्याचा
घुम्ने मेचमाथि बसेर
सोझा मान्छेलाई मीठो सपना देखाइरहेछ
गरीबलाई रसिलो आश्वासन दिइरहेछ । 
अर्को आश्चर्य !
बुख्याचाले देशको सीमाना देखेकै छैन
बुख्याचाले देशको इतिहास पढेकै छैन
बुख्याचाले देशको भूगोल नापेकै छैन ।
बास्तवमा
आँखा नभएको
कान नभएको
र
मन पनि नभएको
बुख्याचाबाट आशा गर्नु पनि बेकार हो ।
आखिर ऊ बुख्याचा न हो
अनि किन गर्छ ज्यूँदा मान्छेको रखवारी ?
अनि किन गर्छ शत्रुहरूलाई खबरदारी ?

बुख्याचा
हिजोआज
खेतबारिको रखवारी गर्न छोडेर
टुँडिखेल र सिंहदरबार वरिपरि
प्रातःभ्रमण गर्न थालेको छ
शहर मात्र होइन
गाउँका सडक र गल्लीगल्लीमा
दिनरात परेड खेल्न थालेको छ ।
साँच्चै, मेरो वर्तमान बुख्याचामय भएको छ
तेसैले आउनुस् महाशय
अब हामी सबैले
बुख्याचाको गुणगान गाऊँ
बुख्याचाको अभिनन्दन गरौं
उसलाई बग्गीमा राखेर शहर पत्रिक्रमा गराऔं
उसको प्रशँसामा गीत गाऊँ
र प्रशस्ति सुनाऊँ ।
बुख्याचा शक्तिशाली छ
बुख्याचा बलशाली छ
हिजोआज बुख्याचा
निर्मलाहरूको बलात्कार गर्न सिपालु छ
उखुबारीमा अम्बा टोक्दै ताण्डवनृत्य गरिरहेछ
र यो बर्तमान
बुख्याचाको ताण्डवनृत्य हेरेर हाँसिरहेछ !
बुख्याचाको ताण्डवनृत्य हेरेर रमाइरहेछ !! 

असोज १५, २०७५
टिकाथली, ललितपुर ९८४१४११३९३

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x