साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार शेषराज भट्टराई

Nepal Telecom ad

 height=नेपाली हास्यव्यङ्ग्य लेखनका फाँटमा कलम चलाउनेहरू औँलामा गन्न सकिन्छ । {{read_more}} भैरव अर्याल, श्याम गोतामे, मोहनराज शर्मा, वासुदेव लुइँटेल, केशवराज पिडाली, चुडामणि खनाल, विश्व शाक्य, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, शेषराज भट्टराई, मुन पौडेल, विष्णु प्रभात, आर.सि. रिजाल आदिलाई लिन सकिन्छ । नेपालमा प्रजातन्त्रको उदय भएपछि यो क्षेत्र अझ उर्वर बन्दै गइरहेको छ । तिनै उर्वर मध्यका उर्जावान् हास्यव्यङ्ग्यकार हुन् शेषराज भट्टराई । उनी पूर्व खोटाङमा जन्मिएका भए तापनि विगत तेत्तीस वर्षदेखि पोखरालाई नै आफ्नो कर्मथलो बनाउँदै आइराखेका छन् ।

पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकसम्म अध्ययन गरेका भट्टराई पचासको दशकदेखि हास्यव्यङ्ग्य क्षेत्रमा प्रवेश गरेका हुन् । देशमा प्रजातन्त्रको बहालीपछि स्वतन्त्र विचारधाराले प्रवेश पाएसँगै उनको हास्यव्यङ्ग्य लेखनका पालुवा अङ्कुरित हुन थाले र तिनले विभिन्न भावभङ्गीमा हास्यव्यङ्ग्य लेखनकला मार्फत सिर्जनाका प्रखर र तिख्खर वाणहरू प्रस्तुत गर्न थाले । सर्वप्रथम कान्तिपुर दैनिकमा ‘स्वादे जिब्रो अल्छे तिघ्रो’ हास्यव्यङ्ग्य निबन्ध प्रकाशित भएपछि यस क्षेत्रमा आकर्षित भएका हुन् ।

भैरव अर्याल, श्याम गोतामे, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे आदि हास्यव्यङ्ग्यका अग्रजहरूबाट प्रेरणा मिलेसँगै यस क्षेत्रमा लागि पर्ने अठोट लिएको बताउने शेषराज भट्टराईका हालसम्म पुनसंस्करण समेत ६ वटा हास्यव्यङ्ग्यका कृतिहरू प्रकाशित भएका छन् ।
१. ऋषिमुनिका समान सिसीमुनि (२०५९), दोस्रो संस्करण (२०७०)
२. जातले पकाएको भात (२०६७)
३. कहिले सासूको पालो कहिले बुहारीको पालो (२०६९)
४. ऋषिमुनिका सन्तान सिसीमुनि (दोस्रो संस्करण २०७०)
५. तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा (२०७१)
६. धर्मको धोक्राे (२०७४)

उपरोल्लेखित कृतिहरू सबै हास्यव्यङ्ग्य निबन्धहरू हुन् । यसका अतिरिक्त विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा विभिन्न किसिमका हास्यव्यङ्ग्य निबन्धहरू निरन्तर प्रकाशित भइराखेबाट पनि छर्लङ्ग हुन्छ, लेखक भट्टराई यस क्षेत्रमा व्रिmयाशील छन् । हास्यव्यङ्ग्य लेखक भैरव अर्यालका नाममा स्थापित भैरव पुरस्कार गुठीद्वारा प्रदान गरिने ‘भैरव प्रतिभा पुरस्कार २०७२’ बाट सम्मानित भएका भट्टराई पछिल्लो हास्यव्यङ्ग्य कृति ‘धर्मको धोक्राे’ बजारमा आएको छ । यसभित्र उनका एक्काइस निबन्धहरू समावेश छन् । यस कृतिले हाम्रो समाजमा व्याप्त विकृति, विसंगति र विकृत बिब्ल्याँटा पक्षहरूलाई सब्लेट्याउने घनिभूत प्रयत्न भएको छ । सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रका नराम्रा पक्षमा भट्टराईका लेखले खबरदारी गरेका छन् । जुन समाज र राष्ट्र हितमा छ ।

समग्रमा हास्यव्यङ्ग्यकार शेषराज भट्टराई आफ्नो बलबुता र क्षमताले भ्याएसम्म हास्यव्यङ्ग्यको माध्यमबाट नराम्रा पाटा र बाटाहरू उजिल्याउने घनिभूत प्रयत्न गरेका छन् । निरन्तरको प्रहारपछि उनी आफ्नो लक्ष्यमा पुग्ने अपेक्षा हामीले लिन सकिन्छ । तापनि साधनाको शिखर भेट्टाउन धेरै प्रयत्न र गहिराई छिचोल्ने साधना भने अविछिन्न हुँदै राखे हास्यव्यङ्ग्यका क्षेत्रमा भरपर्दो साधकका कोटीमा उनलाई राख्न सकिन्छ ।

पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x