साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाइनाभिषेक

Nepal Telecom ad

 height=हामीले धेरै मिहिनेत गर्यौँ यो देशको विकासका लागि, जनताको सुख–समृद्धिका लागि । ठूल्ठूला प्रयोग र्गयौँ । भीषण क्रान्तिहरू र्गयौँ– सातमा, सत्रमा, छत्तीसमा, छयालीसमा र त्रिसठ्ठी सालमा । {{read_more}} छयालीसपछिकै हिसाब गर्ने हो भने पनि जनताको समृद्धिका लागि हामीले हड्डी घोट्न थालेको तीन दशक भएछ । 

पुराना परम्परावादी, अध्यात्मवादी, सामन्ती चरित्रका दलहरूलाई छाड्ने हो भने हामी माक्र्सवादी, प्रगतिशील, भौतिकवादी शक्तिले नै पनि दर्जनौँ पटक सरकारमा पुगेर विकासको प्रयास गर्यौँ । प्रगतिशील र आधुनिक समाज निर्माणका लागि थोत्रा र सामन्ती संरचनामाथि पटक–पटक प्रहार गर्यौँ । समाज विकासको मुख्य शत्रुका रुपमा रहेको सामन्तवाद र त्यसलाई बचाइराख्ने अन्धविश्वास, कुरीति, धर्म, अध्यात्म, कर्मकाण्डजस्ता परम्परागत रुढीलाई उखेलेर समूल नष्ट गर्न हामीले जोडदार रुपमा कार्यकर्ताहरूलाई खटायौँ । सामन्तवादलाई ध्वस्त बनाउन हामीले कति मन्दिरहरू भत्कायौँ, कति मूर्तिहरू उखेल्यौँ, कति पुरेतहरूका टुप्पी काट्यौँ, पण्डितहरूका छाला काड्यौँ । अहिले सम्झिँदा आङै जिरिंग हुन्छ, कति देउताका थानहरूमा दिसा दल्यौँ, डराउँदै डराउँदै भए पनि मूर्तिहरूमा पिसाब फेर्यौँ । धर्मको अफिममा फसेका जनतालाई त्यस कुलतबाट मुक्त गर्न बाँधेर सिस्नुपानीले हान्यौँ, हतियारै पनि चलायौँ ।

यस्ता अनेक प्रयासकै बीचमा हामीले देशमा लोकतन्त्र स्थापना गर्यौँ । संविधान बनायौँ, चुनाव गरायौँ । चुनावमा प्रगतिशील शक्तिहरूको स्पष्ट बहुमतको सरकार पनि बनायौँ र मुलुकको विकासका लागि दिनरात काम गर्न थाल्यौँ । तैपनि विकासले गति लिएन । दुई तिहाइको सरकारले गरेका कामका विरुद्ध भित्रबाहिर, तलमाथि चारैतिरबाट आक्रमणै आक्रमण हुन थाले । राम्रै काम गर्दा पनि जस नपाएपछि यो सब कतै अदृष्य शक्तिको खेल त होइन भनेर हामी झस्कियौँ । त्यसैले स्वस्तिशान्तिको उपाय गर्ने टुंगोमा सरकार पुगेको हो । स्वदेशी माता, बाबा, साँढे, भैँसी, शक्तिपीठहरूको दर्शन पूजा त गरिएकै थियो, त्यसले पनि पार नलागेपछि सरकारले अन्तर्राष्ट्रिय माता मगाएको हो । मातामा पनि चानचुनेले पार नलाग्ला भनेर जेससकी एक मात्र छोरीलाई झिकाइएको हो । हामी प्राय सबै शीर्ष कमरेड तथा नन्कमरेड नेतागणले यसअघि नै जेससका एक मात्र ज्वाइँबाट पनि आशीर्वाद ग्रहण गरिसकेकै हो । तर यसपालि सीधै जेससकी छोरीबाटै आशीर्वाद लिने मौका आएको हुँदा सिंगै सरकार यसमा लागिपरेको हो ।

हामीले थाहा पायौँ, हिन्दु धर्ममा गाईको मूत्र आचमन गर्ने र मूत्राभिषेक गर्नेजस्तो अन्धविश्वास छ । तर छोरीज्वाइँवाला क्रिस्चियानिटी धेरै प्रगतिशील छ, यहाँ पवित्र वाइन सेवन गर्ने र वाइनद्वारा नै अभिषेक गरिन्छ । यो वाइन हाम्रो लोकल ठर्राजस्तो परम्परावादी रक्सी होइन । प्रगतिशील रक्सी हो, यसलाई रक्सी भन्दा पाप लाग्छ, यो त होली वाइन हो । यस्तो पवित्र वाइनद्वारा भर्खरै सरकार अभिषिक्त भएको छ, जेससकी एक मात्र छोरीबाट हाम्रा नेताहरू ‘ब्लेस्ड’ भएका छन् । यसको परिणाम देखिन केही समय लाग्न सक्छ । अत केही समय धैर्य गरौँ । धेरै विरोध नगरौँ । त्यसमा पनि सत्ता पक्षकै नेता कार्यकर्ताले त यस्तो पवित्र कार्यको विरोध गरेर पापको भारी बोक्नै हुन्न, मरेपछि सोझै नर्क पुगिन्छ । अत नर्क जाने बाटो नखनौँ । होली वाइनले मुलुकमा छिटोभन्दा छिटो सुख–समृद्धि ल्याओस् । जय माताजी !

नेपाल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x