सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुक्ति, सुन्दरी र आठ मार्च 

Nepal Telecom ad

 height=कुनै सुन्दरी प्रतियोगितामा 
तरुनी चेलीको 
जोखिमपूर्ण शरीरको प्रदर्शनमा {{read_more}}
निम्ता आएको भए 
तिमी दौडेर पुग्थ्यौ होला !

या कुनै बहुराष्ट्रिय कम्पनीले 
सन्नीलियोनको आगमन साँझ 
घोषणा गरेको भए 
टिकट काटेर छिर्थ्यौ होला !

या त्यस्तै कार्यक्रममा 
अमिताभ बच्चन 
या सलमान खान आउने भएको भए 
तीन दिनदेखि नसुती 
टिकट बोकेर बस्थ्यौ होला !

मैले गरेको निमन्त्रणा बेग्लै हो 
आठ मार्च 
श्रमिक महिला दिवस 
प्रबचन गोष्ठी 
यहाँ महिला मुक्तिको कुरा हुन्छ 
तिम्रै जिन्दगीको कुरा हुन्छ 
यहाँ आउँन त गाह्रै होला नि सुन्दरी ?

दिमागभरि दासताको भारी बोकेर 
लाली घसेर पाउडर घसेर 
परेला मिलाउँदै 
कपाल खेलाउँदै 
खुल्ला उम्मेदवार बनेर यौनको 
बजारतिर हिँड्दैगरेकी 
ए बजार सुन्दरी !
एकछिन रोकिऊ 
एता सुन 
के तिमीलाई मुक्ति मन पर्छ ?

हत्तेरिका लाटी !
मुक्ति कुनै केटाको नाम हैन क्या 
किन नाम थर र वतन सोधेकी मुक्तिको ?

तिमीलाई समानता मन पर्छ ?
यो पनि कुनै संभावित वरको नाम होइन ।

बजारबाट फर्क्यौ भने दुरुस्तै 
या घाइते भए पनि जीवितै 
तिमीसँग बात मार्नु छ 
के तिमीसँग सिरियस हुन समय छ ?

२०७५।११।२३
ढल्को

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
ऊ अर्थात ढाँटबहादुर !

ऊ अर्थात ढाँटबहादुर !

बलराम तिमल्सिना
पराजितहरूका आँखाबाट !

पराजितहरूका आँखाबाट !

बलराम तिमल्सिना
पराजितहरूका आँखाबाट !

पराजितहरूका आँखाबाट !

बलराम तिमल्सिना
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
आफ्ना खास

आफ्ना खास

रामदेव पाण्डे