टिपनटापनआरम्भ– साहित्यिक शव्दयात्रा
आरम्भ, साहित्यिक शब्दयात्राले नेपाली साहित्यको जगेर्ना गर्दै नयाँ प्रतिभाको खोजीलाई अगाडि बढाउने उद्देश्यका साथ केही सक्रिय स्रष्टाहरूको संलग्नतामा पाक्षिक रुपमा काव्यगोष्ठी गर्ने योजना अनुरुप मैतिदेवीमा आरम्भको श्रीगणेश गरिएको हो । यसलाई नव प्रतिभाहरूका लागि एउटा उपयुक्त स्थान उपलब्ध गराउनुका साथै स्थापित स्रष्टाहरूका रचनाहरू सुन्ने र सुनाउने मञ्चका साथै नेपाली साहित्यकलाको उत्थानमा सानोतिनो योगदान गर्ने उद्देश्यका साथ यो संस्था स्थापना गरिएको हो ।
उद्देश्य
१. नियमित रुपमा विभिन्नका भाषाका कविता गोष्ठी गर्ने
२. साहित्यिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने
३. कविता गोष्ठीमा समीक्षकहरूलाई बोलाएर वाचन गरिएका कवितामा समीक्षा गराई लेखन तथा वाचन शैलीमा विकाश तथा सुधार गर्दै लैजाने
४. आरम्भलाई देशका विभिन्न भागमा लैजाने
५. वरिष्ठ साहित्यकारहरूलाई अतिथिको रुपमा आमन्त्रण गरी नयाँ पुराना स्रष्टाहरू बीच बिचार आदान प्रदान गराउने
उपलब्धि
१. एक वर्षको अन्तरालमा ४१ वटा कवितागोष्ठी समपन्न गरेको
२. आरम्भको ४१ शृङ्खलासम्म २ दर्जन वरिष्ठ साहित्यकारहरूलाई अतिथिको रुपमा आमन्त्रणा गरिएको
३. आरम्भको वार्षिक उत्सवको अवसरमा कवि तथा कलाकारहरूको भव्य उपस्थितिमा गाईजात्रा कार्यक्रम सम्पन्न गरिएको
४. आरम्भले हालसम्म सार्क हाउस, रेडियो अडियो र प्रणवानन्द आश्रममा आफ्नो साहित्यिक शब्दयात्रा सम्पन्न गरेको
५. देशका राष्ट्रिय स्तरका विभिन्न सञ्चार क्षेत्रमा समाचार सम्प्रेषण गराई यस संस्थाको गरिमा बढाउदै लगेको
६. बेलाबेलामा घट्टेकुलो विकास समाजसँग सहकार्य गरी भव्य कार्यक्रम सपन्न गरेको
७. सिस्नुपानी तथा सर्वनाम थिएटरसँगको सहकार्यमा हास्यव्यङ्ग्य काव्य सभा आयोजना गरेको ।
हालसम्म आरम्भका विभिन्न शृङ्खलामा प्रमुख अतिथि तथा विशेष अतिथिका रुपमा पाल्नुभएका स्रष्टाहरू–
कृष्ण जोशी, लक्ष्मण गाम्नागे, नरनाथ लुइँटेल, ज्ञानुवाकर पौडेल, चट्याङ मास्टर, तुलसी दिवस, इन्दिरा प्रसाई, बेन्जु शर्मा, कृष्ण धराबासी, उषा शेरचन, श्रवण मुकारुङ, मित्रलाल पंगेनी, देवी नेपाल, कलाकार मदनदास श्रेष्ठ, अभय कुमार (प्रथम सचिव भारतीय दूतावास), प्राज्ञ विष्णु प्रभात, डा. रामदयाल राकेश, डा तुलसी भट्टराई, गीतकार सुमन नेपाली, रामकुमार पाँडे, श्यामदास बैष्णव, अमर गिरी, अशेष मल्ल, गोपाल पराजुली आदि ।
अतिथि तथा समीक्षक– बलराम दाहाल, भरत भट्टराई, कालीप्रसाद पोखरेल, हरि सिलवाल, छायादत्त न्यौपाने, भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा गंगाप्रसाद अकेला, शेरबहादुर केसी, प्रकाशमणि दाहाल, राजेन्द्र सलभ, नेत्र एटम, रमेश क्षितिज ।
आरम्भ—शब्दयात्रा
मैतिदेवी चोक, काठमाडौँ
सम्पर्क : प्रेमवली (अध्यक्ष)
Subscribe
Login
0 Comments
Oldest






































