साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेमौसमी काम

Nepal Telecom ad

हेलो ! अन्धेर नगरका बासिन्दाहरू ! काग करा’को पनि नसुनेर सुतिरनुभ’को छ कि क्या हो ? न झलमल्ल बिजुली बत्ती बलेको सपना पो देखिरनुभ’को हो कि ? देख्नुस्, मज्जाले सपना देख्नुस् !
आजसम्म सरकारले सपना देख्नमा ट्याक्स लगा’को छैन क्यार ! तर नजन्मेका सन्तानको पालामा बल्ला कि भनेर आशा गरे जस्तो बिजुलीकोे झलमल्ल उज्यालो नभए पनि जिजुबराजुको पालादेखि हुँदै आएको उज्यालो त भैसक्यो नि ! मान्छेहरूले कत्रा–कत्रा काम गरिसके । तपैँ भने अँध्यारो छ, जाडो छ भनेर बिछ्यौनैमा गुडुल्की राख्ने हो त ? यसो घर बाहिर निस्केर सरकारी कलेज अगाडि पुग्नूस्, जुलुस् हेर्नूस् । दोबाटो, चौबाटो ढुक्नूस् । कर्णप्रिय नारा सुन्नूस् । बिविध बिरोध कार्यक्रममा सहभागी बन्नूस् । फ्रिमा टायरको तातोको मजा लिदै धूवाँ खानूस् । त्यतिले नपुगे खल्ती रित्तिने गरी भाडा तिरेर गुन्द्रुके उठ् भाँडामा कोच्चिनूस् । अनि आफैँ अनुभव गर्नूस् टुप्पीदेखि पैतालासम्म कसरी रनननन रन्किदोर’छ भनेर !
नयाँ नेपाल बनाउन यसरी चुप लागेर बसेर त हुँदै हुँदैन । काम गर्नुपर्छ, काम ! पावरफुल ठाउँमा भए सास गनाउने वैरीलाई ठीक नभएसम्म ठोक्नैपर्छ । मालमा भए बोक्न सक्ने जति बोक्नैपर्छ । धोक्ने ठाउँमा भए खुट्टा लरबरिने गरी धोक्नैपर्छ । मौकामा चौका हान्नैपर्छ । जे भए पनि काम त गर्नैपर्छ ।
वाँ हेर्नुस् त, टुइनअटर जत्रो हाम्रो देशको भविष्यको रुपरेखा कोर्न, भाग्य निर्धारण गर्न हामीले भोट दिएर पठा’का जम्बो जेट जत्रो संविधान लेखन् समूहले कस्तो राम्ररी आफ्नोे काम गरिराखेका छन् । सुकोमल कर कमलले चरण पादुका प्रहार गर्ने कष्ट गर्दै सुरु भ’को संविधान सभा बस्याबस्यै–बस्याबस्यै छ । हाम्रै मतानुसार त्यहाँ पुगेका हाम्रो संविधान विधाताहरू रोष्टम घेर्ने, वीरेन्द अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रै कण्ठ सुक्ने गरी नारा लगाउने, बैठक चल्नै नदिने, संविधानको ‘स’ पनि लेख्न सुरू नगरी भत्ता पचाउने काम हाँसिहाँसी लाजै नमानीकन दोहो¥याइरहेछन् । बिचरा ! बिचराहरू ! त्यस्तो महान् र कठिन काम कसरी गर्छन् कुन्नि ?
झन् सरकारका इतर र भितर हुनेलाई त ‘स्व’गानको जुहारी खेल्नबाट एक छिन फुर्सद भए पो ! के गर्नु ? यो विधामा नोबेल पुरस्कारको व्यवस्था छैन, नत्र त नोबेल पुरस्कार हाम्रै महान् नेताज्यूहरूको गोजीमा हुन्थ्यो । आहा ! अनि त हाम्रो मान, सान कहाँ पुग्थ्यो होला हगि ? तर केही छैन मान, सानमा त अहिले पनि कुनै कमी आ’को छैन । आफ्नोे र आफ्नाको नजरमा बढेकै छ क्यार ! अब ती चढने कार नभए पनि पेसाकै पछाडि भए पनि ‘कार’ शब्द झुन्ड्याएर मक्ख पर्नेहरूले सानो निबको छिद्रबाट ‘पूरा संसार देखेँ’ भनेर यसोउसो लेख्दैमा के नै लछारपाटो लाग्छ र ! ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ बरू जाडो छ, यसो न्यानो हुने गरी बाक्लो माकल टोपी लाएपछि त कान पनि छोपिने नाना भाँतीका कुरा प!नि नसुनिने । आहा ! क्या गजबको दामी आइडिया ! एक टोपी दुई काम !
लौ कामको कुरा गर्दा पो याद आयो । म पनि आजकल बिहानदेखि बेलुकासम्म साह्रै बिजी छु । एक छिन फुर्सद छैन । के काममा बिजी भ’को होला भनेर तीन छक्क पर्नु भो जस्तो छ नि ! बिनासित्तीमा किन छक्क पर्नु भ’को होला । नपर्नुस् छक्कसक्क ! तपैँलाई पनि था छँदै छ नि, उही जुलुस, घेराउ, जतापट्टि बाट पापा पाइन्छ उतैपट्टिको जिन्दावादको नारा… आदि इत्यादि काम त हो नि ! यस्तो सधै फाइदै फाइदा हुने कहिल्यै घाटा नहुने बेमौसमी काम गर्न तपैँ पनि जाने हो कि ? जाने भए आउनुस् सँगै जाऔँ, नजाने भए कर छैन अँध्यारैमा रमाएर बस्नुस् ।
‘झिँगापुर’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x