साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरा र छोरी

Nepal Telecom ad

छोरा र छोरी एउटै मोहरका दुई पाटा हुन्
आमाले सधैं भात पकाउनु हुन्छ
भात नपकाउने बाले पहिला खानुहुन्छ ।
आमा भन्नुहुन्छ बाले नखाई
हामीले खानु हुन्न, पाप लाग्छ ।

छोरा र छोरी एउटै मोहरका दुईपाटा हुन्
अर्काको घर जाने छोरीले पढेर के लर्छाछन्
आमा भन्नुहुन्छ मेरा बाले त्यसै भन्नुहुन्थ्यो
अहिले कालो अक्षर मेरा लागि भैंसी वरावर
छोरी भएर जन्मे कल्लाई के भन्नु ।

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
वा पनि भन्नुहुन्छ
छोरीको जात आर्काको भित्तो टाल्छे
वंश तार्ने छोरो चाहिन्छ
छोरो नपाउन्जेल व्याउनै पर्छ ।

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
भाउजू पनि भन्नुहुन्छ
छोरीले भात पकाउंन जान्नु पर्छ
छोरीले लिपपोत र कुचो लाउन जान्नुपर्छ
टपरी र दुना गाँस्न नजाने माइतीकोे नाकै जान्छ

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
दही दूध सवैलाई मिठो लाग्छ ।
घाँस काट्नु हुन्छ आमाले
भकारो सोहोर्छे बहिनीले
दुध दुहुनुहुन्छ भाउजूले
आमा भन्नुहुन्छ छोराले पढ्नु पर्छ ।

छोरा छोरी समान छन्,
लाउँछन् सबै नारा ।
हल्लाखल्ला उधुम हुन्छ
जन्मियो छोरो छोरो भनि
जन्मिए छोरी मनै अंध्यारो
पार्छन् नसनाता कुटुम्व ।

छोराछोरी बराबरी लाउँछन् धेरै नारा
छोरा फालिएको कतै देखिएन
छोरी फालिन्छिन् नाला ढाला
नारी पुरुष एउटै रथका
भन्छौ दुई पाङ्ग्रा ।

तीनथाना, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x