साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली हङ्गामा– २०७०

Nepal Telecom ad

ध्रवकृष्ण दीप

जताततै रङ्गै रङ्ग छ
आफ्नो अनुहार बिगारेर
मान्छे आँफै दङ्ग छ ।

—-

मधु माधुर्य
होली हाईकु

एउटा गोली–
सहिदको
रातो होली !

मेरो होली–
छातीमा सदाबहार
अनुभूतिहरूको
रङ्ग घोली !

शुभकामना
हजुरलाई
‘ह्प्पी होली’ !

—–

अञ्जु पुरी

लाजको अबीर

तिम्रो तीखो नजÞरको लोला जसै
मेरो अनुहारमा आएर ठोक्कियो
परेला झुके, ओठ थर्थराए,
गालाभरि लाजको अबीर पोख्खियो !

—–

विष्णु न्यौपाने

होली हाइकु

भो नहानौं
त्यो रगताम्य गोली
चैतमा होली ।

को हुन् तिनी ?
होलिका कि लोलिका ?
विकृत चाड ।

होलीको मोह
कि केटी भेट्ने जोह ?
रङ बहाना ।

रङको होली
नबनोस् कहीँ गोली
पीडाको झोली ।

बसन्त ल्याउँ
मान्छेका मन भित्र
खेलेर होली ।

—–

दुर्गाप्रसाद ग्वालटारे
बहाना

म मातें भन्ठान्नु भो यहाँले ?
भाङ खाए जस्तो गरी पेडा पो खाएको हुँ ।
कति त्यै घरमा छिर्छस् भन्नु भा यहाँले ?
रङ्ग दल्ने निहुले उनको डेरा पो धाएको हुँ ।
दुई दुई महिनामा आए हुन्थ्यो जस्तो भो होली,
लभ गरेको वर्ष दिनमा बल्ल उनलाई भेट्ने बहाना पाएको हुँ ।

—–

नवराज पहाडी
कसैको नहोस् समाजमा सुन्दैमा लाज लाग्ने बोली शर्मको
आदर्शमय जीवन बनोस् व्यवहार जस्तै बोली कर्मको
रङ्गको पर्वझैँ उल्लासपूर्ण बन्न सकोस् यहाँको जीवन
हार्दिक शुभकामना छ सपरिवारमा होली पर्वको ।

—–

मधुश न्यौपाने

रङको कति परिभाषा !
कहिले रङको प्रसंसामा खुशी र ताली ।
कहिले रङ फेर्‍यो भनेर भव्य गाली।।
तब न रङ कहिलै मर्दैन ।

 —–

इन्द्रनारायण चोङवाङ

बिधुवा छ देश मेरो आज अरे होली
पाउरोटी भन्दा सस्तो देख्छु यहाँ गोली
भोक संग रोग रुन्छ सुन्ने कोहि छैन
जननेता रंग फेर्दै संधै भन्छन् भोलि !

——-

साधुराम खड्का
होली मनाउने हो भने

होलीले चोली भिज्नु पर्छ

चोलीको तुना तुनाबाट
रङ्गीन पानी तर्कनु पर्छ
सधैभरिी बिजुली र पानी पाउनु पर्छ
नभए तामाकोशी र मेलम्ची पूरा गर्नुपर्छ
महँगीको त कुरै छोडौं मकै भुटी खानुपर्छ
तेलको भाउ बढ्दा बढ्दा
११ नं.को गियरमा जानुपर्छ
साँच्चै नै होली मनाउने नै हो भने
अनुहारमा कलर हैन
होलसेल प्याकेज ल्याउनु पर्छ ।

 ——

निशा केसी

रंगमा रंग मिसाई, बेरंग बनाई जानेलाई
घोली मोबिल, मै माथी खन्याई जानेलाई
खोजिरहेँ फागुका हर रंग, हर उल्लासमा
गयल यता, उता हाजिरी जनाई जानेलाई ।

——

देव भट्टराई 

रातो रंग दली शरीर भरि नै पुन्टे धपक्कै बल्यो 
डण्डीफोर थियो मुहारभरि नै छोपेर नीलो दल्यो 
कालो दाग र रागबाट बिचरी भुन्टी थिई आजित 
सातै रंग दलेर भै नचिनिने होली संगै हर्षित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x