सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘सुसेली’को हास्यव्यङ्ग्य विशेषाङ्क

Nepal Telecom ad

सुसेली साहित्यिक परिवार झापाबाट प्रकाशित आएको सुसेली साहित्यिक पत्रिकाको हास्यव्यङ्ग्य विशेषाङ्क २०७० चैत १ गते आयोजित विशेष समारोहका बीच लोकार्पण गरियो ।
सुसेली परवारले आयोजना गरेको समारोह परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा झापाका हास्यव्यङ्ग्यकार कोमलप्रसाद पोखरेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने स्रष्टा चूडामणि रेग्मी र सञ्चारकर्मी चन्द्र भण्डारी विशेष अतिथि हुनुहुन्थ्यो ।
लोकार्पणका अवसरमा लोकार्पित विशेषाङ्कमाथि समीक्षा गरियो । हास्यव्यङ्ग्य समीक्षकहरू होम सुवेदी, जीवनाथ सुवेदी, कमल गुरागाईं र पुण्य खरेलले विशेषाङ्कमा समावेश गरिएका हास्यव्यङ्ग्य सिर्जनाबारे समीक्षात्मक परिचर्चा गर्नुभयो ।
समारोहमा स्रष्टाहरू यज्ञराज प्रसाई उद्धव विष्ट, मिरा पोखरेल र तेराखले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विष्णु नेउपाने, हरिचरण वानियाँ, विन्दु दाहाल, प्रचुर अभाव, दीपक पौडेल, देवीचरण भण्डारी, नवराज घिमिरे, विमला चिमरिया, केशवराज खनाल, जय आचार्य आदिले आफ्ना हास्यव्यङ्ग्य रचना वाचन गर्नुभएको थियो ।
सुसेलीको यस विशेषाङ्कमा नेपाली साहित्यका ख्यातिप्राप्त हास्यव्यङ्ग्य स्रष्टाहरूका साथै पूर्वाञ्चल क्षेत्रका हास्यव्यङ्ग्यकारहरूका सिर्जना समावेश भएका छन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad