सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पहिले ग्यास्ट्रिक अहिले लव्यास्टिक

Nepal Telecom ad

रोगका प्रकार नै धेरै । अझ एउटै रोगको लक्षण त कति कति । नेपालीको साझा रोग रे ग्यास्ट्रिक । यो साझा रोग किन भनेको भने साझा यातायातजस्तै कहिले चल्ने कहिले बन्द हुने भएर होला । यो एउटा अनुमान हो मेरो । ठ्याक्कै भन्न त न मसँग डक्टरको डिग्री छ न साधारण एएन्एम् नै । न धामीको ड्याङ्ग्रो छ न वैद्यको बुटी नै ।
साझा रोगको कुरा गर्दा ग्यास्ट्रिकसँग अर्को एउटा साझा रोगको पनि उदय भएको पाएँ मैले त्यो हो लव्यास्टिक । यो रोगको लक्षण पत्ता लगाउन सामान्यदेखि मान्यसम्मलाई गाह्रो छैन । क्या सजिलो यसको लक्षण पत्ता लगाउन । न नाडीको पल्स छाम्नु पर्ने न अरु क्यै । यो मनको कुरा त्यो मनले बुझे त्यै हो लभ । त्यस्तै रोगलाई नाम दिएको छु मैले लव्यास्टिक ।
यो रोग पत्ता लगाउन छुनै नपर्ने यो रोग लागेपछि चाहिँ छुनै पर्ने टाँस्सिनै पर्ने जोडिनै पर्ने … के के हो के के । थाहा नभएको कस्लाई चाहिँ होला र ! ग्यास्ट्रिक नेपालीको साझा रोग होला तर लव्यास्ट्रिक समग्र मावन जीवजन्तु किटपतङकै साझा रोग हो । यो रोग लाग्नु मुख्य कुरा होइन यसले कसलाई कति सतायो कसले कतिलाई कति ततायो भन्ने कुरा मुख्य हो ।
मैले टेकेको परिवेश र मैले नियालेको पर्यावरण को कुरा गर्दा यो रोगको नाम मैले अर्को पनि पाएँ । त्यो हो लबेरिया । विपरित लिङ्गीप्रति हुरुक्कै हुने यसको प्रमुख लक्षण रे । त्यति मात्र हो र एउटासँग लब गरेर नपुग्ने रे । भेटे जतिसँग शारीरिक सम्बन्ध गर्दा पनि सन्तुष्ट हुँदैनन् रे यस्ताहरु त । यसका पनि जाति र प्रजाति फरक हुँदा रहेछन् । एक प्रकारका हुँदा रहेछन् समलिङ्गीहरु कोही होमोहरु । यसलाई चाहिँ होमोफोविया भएको भन्दा गल्ती होला ।
होमोफेावियाको कुरा गर्दा नोमोफोवियाको याद आयो झ्वाट्ट मनमा । नमोफोविया मोवाइलधारीहरुको रोग हो । यी मोवाइलधारीहरुको के कुरा गर्नु । यिनै हुन्छन् सबैभन्दा बढी लव्यास्टिकग्रस्त । यिनीहरु टेलिफोनको टावरमै आँगालिन् । एसएमएसबाट चुम्बन गर्छन् । धड्कनको गति छाम्छन् स्व्ासको बेग मापन गर्छन् अनि बाँकी भेटमा गर्छन् । शरीरमा लुगा टम्म नभएकादेखि ओठमा जुँगा झ्याम्म नभएका सम्म पेटीकोट लाउनेदेखि कोट लगाउनेसम्म सबैको उही ताल उही रोगका रोगी ।
अरुलाई लव्यास्टिक रोगलाग्दा के हुन्छ थाहा भएन मलाई लव्यास्टिक लाग्दा के भयो बताउन सक्दिन । पेटमा ग्यास्ट्रिक हुँदा पेट दुख्नु त ठीकै हो पाखुराको नसामा पनि दुख्छ रे भन्दा पो अचम्म । डक्टरले भनेपछि मान्नै पर् यो । त्यस्तै छ यो लव्यास्टिकको लक्षण पनि । माया मनमा हुन्छ रे । मन कहाँ हुन्छ थाहा छैन । मन दुख्छ रे । कहाँ दुख्छ थाहा छैन यो अचम्मको रोग रहेछ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भनेझैं भएको छ यो रोगको कुरा ।
जुगाँ नपलाएकादेखि जुँगा फुलेकासम्मलाई यो रोगले सताउनु नराम्रो कुरा होइन नै । दाँत नउम्रेकादेखि दाँत झरेकासम्म यसका शिकार भएका छन् ए गाँठे ! यसको लीला र महिमाको गान गर्न सक्ने गायक यो धर्तीमा अझै जन्मेको छैन होला । त्यसैले त घरमा जहान सुत्केरी हुँदा पनि वनमा लीला गर्थे रे हाम्रा अग्रपुस्ता । धाइ राखेकी सालीको ताली बजाएर प्रेमको डालीमा पार्न सफल हुन्थे रे अनि सालीहरु पनि के कम दिदीको आँखामा दिउँसै सपना भरेर दिउँसै रात पार्थे रे । यही होइन लव्यास्टिक ।
जमानाका थोत्रा मोत्रा कुरा मात्रै किन । कुरा गरौं लव्यास्टिकको ताजा जनमतको । श्रीमतीको खाट चिसो पारेर गॆस्ट हाउसका खाट ताउने श्रीमतीको मन चिसो पारेर नगर वधुको आङ तताउने पुरुषहरु पनि लव्यास्टिकग्रस्त रोगी होइनन् र ! श्रीमतीहरुका पनि के कुरा । मुग्लान पसेका लोग्नेका आँखामा छारो हालेर परपुरुष गमन गर्ने त परको कुरा अफिस गएको बेला दिउँसै रात पार्ने कुरा पनि लव्यास्टिक होइन र !
सबैभन्दा अचम्म त छापामा पो सुन्न पाइन्छ । ६० वर्षका बूढाले नौ वर्षकी बालिकामाथि हातपात गरे रे पि्र_िन्सपलले आफ्नै विद्याीर्थसँग सम्बन्ध गाँसिन् रे … यस्ता कुरा का अगाडि स्कुले विद्यार्थी जंगलमा पकि्रएका स्कुल पढ्दै गर्दा गर्भवती भएका कलेज हातामै लीला मच्चाएका … त चानचुने कुरा भइहाल्यो नि ।
यी भन्नै नहुने नभनी पनि सुखै नपाइने कुराहरु लव्यास्टिक रोगका लक्षण हुन् । के कुरा गर्नु हजुर तपाइँसँग मनको गाँठो नफुकाए कोसँग फुकाउनु । केही समयअगाडि ग्याटि्रककले सतायो अहिले लव्यास्टिकले । कोही छ भने सम्पर्क गर्नुहोला मसँग । त्यै सम्पर्क क्या । बुझ्नुभो । माफ गर्नुहोला । होमोहरुका लागि यो रुट सधैं व्यस्त रहने छ ।

\’समकालिन साहित्य डटकम\’ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad