पुरूषाेत्तम सिग्देलखरानी लेख्छ कवि
जति साँझ पर्छ बिहानी लेख्छ कवि
सबैभन्दा बढी जवानी लेख्छ कवि
केही बिर्सेबिर्सेझैँ केही सम्झेसम्झेझैँ
आफ्नै जिन्दगीको कहानी लेख्छ कवि
डुबेर जिन्दगीमा फर्केर पछि हेर्दै
आफ्नै पाइलाहरूको निशानी लेख्छ कवि
शू्न्यतामा हराएर एकलासमा सोच्दै
आफ्नै लास बोक्ने मलामी लेख्छ कवि
कहिले बाँचेर मर्छ कहिले मरेर बाँच्छ
आफैलाई जलाएर खरानी लेख्छ कवि ।
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest





































